Close This

जिप्रकाको भवन स्थानान्तर, सेवाग्राहीलाई सहज हुने विश्वास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२६ गते   २३३७ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफ्नो कार्यालय स्थानान्तर गरेको छ । हाल प्रयोगमा रहेको भवन भत्काएर सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गर्न लागिएकाले कार्यालय सार्नु परेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो ।
उहाँका अनुसार,नयाँ कार्यालय भवन निर्माणका लागि गएको असार १ गते नै ठेक्का लागिसकेको छ । २०८० साल जेठ मसान्तभित्र निर्माण पूरा गर्ने गरी रु ९ करोड ४० लाख मा ठेक्का लागेको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनु भयो । नयाँ भवन निर्माण नभए सम्म हाल भवन रहेको स्थानबाट दुई सय मिटरको दूरीमा रहेको जिल्ला प्राविधिक कार्यालयको निर्माणाधीन अवस्थाकै भवनबाट सेवा प्रवाह गर्न सुरु गरिएको छ ।
 प्रमुख जिल्ला अधिकारी महतोले एक÷दुई दिनभित्रै बाँकी रहेका कागजात र सरसामग्री सारेर पुरानो भवन भत्काई नयाँ भवन निर्माणको काम सुरु हुने जानकारी दिनु भयो । शनिबार बाटै पुरानो कार्यलयका सामानहरु सार्नेकाम शुरु गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको हालको भवन साँघुरो र अत्यन्त जीर्ण हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । होचोँ स्थानमा रहेकाले सानो वर्षामै कार्यालय परिसर डुबानमा पर्दै आएको थियो । भने दुई तीनवपटा फाँट एउटै कोठाबाट सञ्चालनमा रहेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech