र्व पश्चमि महेन्द्र राजमार्गका विभिन्न स्थानमा राखिएका सिसि क्यामेरा प्रयोग बिहिन भएका छन् । राजमार्गका विभिन्न स्थानमा राखिएका सिकि क्यामेराहरु मर्मत सम्भारको अभावमा प्रयोग विहिन भएका हुन ।
सवारी दुर्घटना तथा कुनै पनि प्रकारका अपराधिक गतिविधिहरुको निगथारानी गर्न भन्दै राखिएका सिसि क्यामेरा सरोकारवाला निकाय वेखर हुँदा विग्रेर प्रयोग विहिन मात्र नभई वेवारिसे बनेका हुन ।त्यसमा पनि लालबन्दी नगरपालिका ७ स्थित साझा संस्थाको अगाडि रािखएका,नवलपुर चोकमा राखिएका सिसि क्यामेरा अहिले प्रयोग विहिन भएका हुन ।
जोडिएका सिसि क्यामेरा विग्रेर प्रयोग विहिन हुँदा पनि स्थानीय सरकार तथा सरोकारवाला निकाय ती सिसि क्यामेरा बनाउनुको सट्टा नयाँ सिसि क्यामेरा जोड्न होडबाजीमा लागेका हुन । चर्काे कमिसनको खेलमा पर्दा पहिलै जडान गरिएका सिसि क्यामेरा विग्रदा पनि मर्मत सम्भार गर्नुको सट्टा नयाँ सिसि क्यामेरा जडान गर्न तर्फ सरोकारवाला निकाएको ध्यान गएको स्थानीय जानकारहरु बताउँछन् ।
जसबाट राज्यको रकम हरेक वर्ष र पटक पटक एउटै काममा खर्च भई रहेको छ भने विग्रेका सिसि क्यामेराहरुले सरोकारवाला निकायलई गिज्याई रहेका छन् । यसतर्फ सरोकारवाला निकायको समयमै ध्यान जानु जरुरी छ ।
भने सवारी दुर्घटना हुँदा तीनै सिसि क्यामेराको भरपर्दा दुर्घटना पश्चात भागेका सवारी साधनहरु नियन्त्रणमा लिन प्रहरीलाई समस्या भएको छ । भने मोटरसाईकल चोरी तथा अन्य अपराधिक गतिविधि गर्नेहरुले पहिचान हुन नसक्दा उन्मुक्ती पाउने गरेका समेत पाईएको छ ।