सर्लाहीका माझी समुदायले आज लदी (कोशी) पूजा पर्व मनाएका छन्।जिल्लाभरका माझी समुदाय लालबन्दी नगरपालिका ७ स्थित कृषि विकास बैङ्कको चौरमा भेला भएर आफ्नो महान पर्व लदी पूजा(कोशी)पर्व हर्षोउल्लासका साथ मनाइएको आयोजक नेपाल माझी उत्थान संघ सर्लाहीका अध्यक्ष ललितबहादुर माझीले जानकारी दिए ।
उनकाअनुसार पर्वको अवसरमा लालबन्दी बजारमा माझी समुदायको संस्कार,सँस्कृति झल्कने पोसाकमा उपस्थित भएर र्याली सहित सभाको कार्यक्रम गरी एक आपसमा शुुभकामना आदान प्रदान गर्दै लदी पूजा(कोशी) पर्व मनाइएको हो ।मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुुङ्गेलीको प्रमुख आतिथ्यतामा माझी समुदायको महान पर्व लदी(कोशी)पूजा पर्व मनाइएको नेपाल माझी उत्थान संघ सर्लाहीका उपाध्यक्ष राजकुमार कुस्वारले बताए ।
माझी समुदायको भाषा,सँस्कार,सँस्कृतिको जर्गेना गर्न अग्रणी भूमिका निर्वाह गर्ने स्वर्गिय काजिराम कुस्वार,स्वर्गिय सीताराम माझी,स्वर्गिय सन्तवीर माझी,स्वर्गिय लालवीर माझी,स्वर्गिय ठूलो सुरतलाल माझी र स्वर्गिय सानो सुुरतलाल माझीको परिवारलाई सम्मान–पत्रसहित सम्मान गरिएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ ।
संघका अनुसार बरहथवा नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख सीतादेवी माझी,कार्यपालिका सदस्य लीला माझी,लालबन्दी नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य सन्तवीर माझी, लालबन्दी नगरपालिका १२ का वडा सदस्य श्रीमान माझी,लालबन्दी नगरपालिका ५ का वडा सदस्य चित्रकुमार माझी,बागमती नगरपालिका ४ का वडा सदस्य रामवती माझी,माझी समुदायका अुुगवा आशमान माझी,अनन्तलाल कुस्वार,सुरवीर माझी र वुद्धिमान माझीलाई पनि सम्मान–पत्रसहित सम्मान गरिएको कार्यक्रमका अध्यक्ष एवम संघका अध्यक्ष ललितबहादुरले जानकारी दिए ।
कार्यक्रममा माझी समुदायले डुुङ्गा समेत बनाएर प्रदर्शन गर्नुका साथै माझी समुदायको लदी(कोशी) पूजा मंगलबार आ–आफ्नो नजिकै रहेका नदी किनारमा गई पूजा गर्ने तयारी रहेको नेपाल माझी उत्थान संघ मधेश प्रदेशकी अध्यक्ष गीता माझीले बताईन् ।२० वटा पालिका रहेको सर्लाहीमा लालबन्दी,ईश्वरपुर,हरिवन,बागमती र बरहथवा नगरपालिकामा गरी नौ हजार तीन सय ७३ जना माझी समुदायको बसोवास रहेको छ ।कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्य, बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल,नेकपा(एकीकृत समाजवादी) पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा,नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य मनिष माझी,मधेश प्रदेश अध्यक्ष गीता माझी लागयतको आतिथ्यता रहेको आयोजकले जनाएको छ ।