Close This

पार्टी छाडेर जानेहरु प्रतिगमनकारी तत्वहरुको पाउमा पुगेको एस सर्लाहीको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१९ गते   १०३६ पटक हेरिएको

नेकपा (एकीकृत समाजवादी) सर्लाहीले आफ्ना केही नेताहरुलाई कार्बाही गरिएको जनाएको छ । शुक्रबार मलंगवामा एक पत्रकार सम्मेलन गरि आफुहरु नेकपा(एमाले)मा  समाहित भएको जनाएका केन्द्रीय परिषद् सदस्य रुपनारायणसिंह दनुवार,जिल्ला उपाध्यक्ष देवेन्द्र राय यादव,जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र प्रचार विभाग प्रमुखएवम हरिवन नगर कमिटि अध्यक्ष चूडामणि वाग्लेलाई एकिकृत समाजवादीले  साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिएको पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
आफ्ना सयौँ नेता कार्यकर्ता पार्टी छाडेर अन्यत्र गएको भन्नु भ्रमपूर्ण र झुठो प्रचारबाजी भएको पार्टीका जिल्ला अध्यक्ष लामाद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । भ्रमपूर्ण र झुठो प्रचारवाजीको पछि नलाग्न र आ–आफ्नो जिम्मेवारी अनुसारको पार्टी संगठनको काममा उच्च मनोबलका साथ लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । 
एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लामाले विज्ञप्तीमार्फत एमालेमा प्रवेश गरेका केन्द्रीय परिषद् सदस्य दनुवार, जिल्ला उपाध्यक्ष यादव, जिल्ला सचिव अधिकारी र प्रचार विभाग प्रमुख एवम हरिवन नगर कमिटिका अध्यक्ष वाग्लेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी दिनुभयो । अध्यक्ष लामाले विज्ञप्तीमा पार्टी छाडेर जानेहरु प्रतिगमनकारी तत्वहरुको पाउमा पुगेको आरोप लगाउनु भयो ।
केन्द्रीय परिषद् सदस्य दनुवार, जिल्ला उपाध्यक्ष यादव, जिल्ला सचिव अधिकारी र प्रचार विभाग प्रमुख एवम हरिवन नगर कमिटिका अध्यक्ष वाग्ले लगायत केही नेता तथा कार्यकर्ताहरु शुक्रबार पत्रकार सम्मेलन गरि एमालेमा प्रवेश गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech