Close This

सर्लाही कांग्रेसमा फेरी विवाद,मतदान अधिकृतको बाहना बनाँउँदै आज हुनुपर्ने काँग्रेसको वडा अधिवेशन अन्यौलमा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१ गते   ३१ पटक हेरिएको

नेपाली काँग्रेस सर्लाहीको वडा अधिवेशन अन्यौलमा परेको छ । मतदान अधिकृत खटनपटनमा विवाद देखिएपछि सर्लाहीमा बिहिवार (आज)  हुने भनिएको वडा अधिवेशन अनिश्चित बनेको हो । 
जिल्लको क्षेत्र नं. ४ मा मतदान अधिकृत खटाउने विषयमा विवाद भएकोे छ । त्यस क्षेत्रका लागि गोला प्रथाबाट मतदान अधिकृतहरु छानिएपनि कस्लाई कहाँ खटाउने भन्नेमा विवाद देखिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
वुधवार जिल्लाभरका २० पालिकाको २०० वटा वडाका लागि २२० जना शिक्षकलाई मतदान अधिकृतको रुपमा छानिएको थियो । २२० मध्ये २०० जनालाई प्रत्येक वडामा खटाईने र २० जनालाई वैकल्पिकमा राखिने तयारी गरिएको थियो ।
जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण रायले आफू निकटका शिक्षकहरुलाई आफूले चाहेको ठाउँमा खटाउन खोज्दा सहमती हुन नसकेको निर्वाचन अधिकृत दीवाकर राज पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार वुधवार राती अबेरसम्म नै यसबारेमा छलफल भएको भएपनि सहमती जुट्न सकेन् । 
वडा अधिवेशनको अन्तिम तयारी भइसकेको अवस्थामा मतदान अधिकृतमै विवाद भई अधिवेशन नै अन्यौलमा परेपछि नेतृत्वका आकांक्षी र काँग्रेसका आम कार्यकर्ता अन्यौलमा परेका छन् । कात्तिक २९ गते निर्वाचन अधिकृत पाण्डेले दुवै समूहका नेताहरुलाई राखेर मंसिर २ गते वडा अधिवेशन गर्ने र त्यसपछि क्रमैसँग पालिका, प्रदेश, संघीय र जिल्ला अधिवेशन गर्ने सहमती गराउनु भएको थियो । त्यो सहमती अनुसार बिहिवार(आज) वडा अधिवेशन नहुने संम्भावना बढेर गएको छ ।
सर्लाहीमा जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्ती तथा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट छन् भने पूर्व जिल्ला सभापति लक्ष्मण राय संस्थापन इतरपक्षबाट अधिवेशनमा  होमिएका छन् ।मतदान अधिकृतको विवाद मिलाउन छलफल जारी रहेको सर्लाही कांग्रेसले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech