बागमती नगरपालिकाका नगर प्रमुख थापाद्धारा द्वन्द्व पीडित बालबालिकालाई दशैँ मनाउन रु ५० हजार सहयोग

2.4k Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले हरिवन नगरपालिका ५ मा रहेको द्वन्द पीडित बाल गृहलाई आर्थिक सहयोग गर्नु भएको छ ।
 नगर प्रमुख थापाले बाल गृहमा आश्रय लिएर बसिरहेका अभिभावकविहिन बालबालिकालाई दशैँ मनाउन सहयोग पु¥याउने उद्देश्यले आफ्नो व्यक्तिगत तर्फबाट रु ५० हजार आर्थिक सहयोग गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख थापाले विभिन्न द्वन्दमा घर परिवार गुमाएका यस्ता बालबालिकाको अभिभावक बन्न पाउँदा खुसी लागेको बताउनु भएको छ ।
नगर प्रमुख थापाले प्रत्येक वर्ष यसैगरी बालगृहका बालबालिकालाई सहयोग गर्दै आइरहनु भएको छ । आर्थिक सहयोग हस्तान्तरणकै अवसरमा नेपालीको महान चाड दशैँको अवसरमा शुभकामना साटासाट समेत गरिएको बागमती नगरपालिकाले जनाएको छ ।सर्वहारा वर्गको नेतृत्व गर्ने नगर प्रमुख थापाले पटक पटक समसया परेका नागरिहरुलाई आवश्यकता अनुसार सहयोग गरि रहनु भएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)सर्लाहीका सचिव कमल बुढाथोकी, विद्यार्थी नेता विवेक मैनाली, बालगृहका अध्यक्ष एवम नेकपा (एकीकृत समाजवादी)का नेता सुरेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार