Close This

सिन्धुलीमा थप सात जनामा कोरोना संक्रमण

पत्र पत्रिका    प्रकाशित: २०७७-४-२५ गते   २९१ पटक हेरिएको

 सिन्धुलीमा थप ७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । यो संख्या अहिलेसम्म एकैपटक देखिएको मध्ये धेरै हो । हिजो मात्रै दुईजनामा संक्रमण पुष्ठि भएको थियो ।साउन २१ गते स्वाब संकलन गरेर प्रादेशिक अस्पताल हेटौंडा पठाइएका बाइस जनामध्ये सात जनामा संक्रमण पुष्ठि भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्लास्थित स्वास्थ क्षेत्रका एक पदाधिकारीले भने, ‘यो संक्रमण पुष्ठि सङै जिल्लामा कोरोना समुदाय स्तरमा फैलिएको अनुमान गर्न सकिन्छ तर यसको पुष्ठि संक्रमीत ब्यक्तिहरुको पहिचान भैसकेपछि भन्न सकिन्छ । 

पछिल्लो समय सरकारले लकडाउन खोलेसङै काठमाडौं उपत्यका लगाएत देशैभर कोभिड १९ संक्रमीत बढिरहेको अवस्थामा सिन्धुली पनि अछुतो रहन सकेन ।सिन्धुली जिल्लामा अहिलेसम्म ३४ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सिन्धुली अस्पतालमा ३ जना कोरोना संक्रमीत उपचाररत छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech