Close This

लायन्स क्लब लालबन्दीद्धारा हात्ती पीडित परिवारलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१७ गते   २०९ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्ज सुकुम्वासी बस्तीमा जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका ७ परिवारलाई लायन्स क्लब अफ लालबन्दी सिटीले राहत वितरण गरेको छ । एक साताअघि जंगली हात्तीको समूहले सुकुम्वासी बस्तीका घरहरुमा क्षति पु¥याएको थियो । 
लायन्स क्लब अफ लालबन्दी सिटीका पदाधिकारीहरुले बिहिवार बस्तीमै पुगेर ती हात्ती पीडित परिवारहरुलाई राहत वितरण गर्नु भएको हो । प्रति परिवार २५ किलोका दरले चामल, १ किलो दाल र १ किलो नुन सहयोग गरेको लायन्स क्लब अफ लालबन्दी सिटीले जनाएको छ ।
राहत वितरण गर्न क्लबका नवानिर्वाचित अध्यक्ष विकल जर्गा मगर, पूर्व अध्यक्ष राजकुमार न्यौपाने, दीपेन्द्र अधिकारी लगायत बस्तीमा पग्नु भएको थियो । लालबन्दी नगरपालिका १७ का वडाध्यक्ष नवराज अधिकारीले पीडितहरुको अवस्थाबारे जानकारी गराएपछि राहत उपलब्ध गराएको लायन्स क्लबका पदाधिकारीहरुले बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech