Close This

बयलवास र मलंगवा बजार क्षेत्रमा धमाधम सडक विस्तार गरिंदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२५ गते   २३०२ पटक हेरिएको

निशेधाज्ञाक मौका पारेर सर्लाहीको इश्वरपुर नगरपालिका र मलंगवा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा सडक विस्तारको काम गरेको छ । इश्वरपुर नगरपालिका र मलंगवा नगरपालिकाले आफ्नो बजार क्षेत्रको सडकको स्तरोउन्नती गर्दै सडकलाई चौडा गर्ने काम धमाधम गरि रहेको छ ।
 वर्षौदेखी निर्माणको पर्खाइमा रहेको इश्वरपुर नगरपालिका ६ बयलवास बजारको सडकको र मलंगवा नगरपालिका ८ र १० स्थित बाबा स्वामीको मठदेखी राजश्री सिनेमा हल सम्मको भित्रि सडक चौडा गरि त्यसमा पक्की ढलानको साथै दुवैतर्फ नाला निर्माणको काम चलिरहेको छ ।  फुलजोर त्रिभुवन नगर हुलाकी सडकको विस्ता गर्न बयलवास बजार क्षेत्रमा रहेका भौतिक संरचना हटाएर बाटो विस्तारको काम सुरु गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो । त्यस्तै ‘बजार क्षेत्रको सांगुरो सडकलाई व्यवस्थित गर्ने उदेश्यले निर्माणकार्य भइरहेको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो ।
फुलजोर त्रिभुवननगर हुलाकी सडक निर्माणको काम बयलवास बजार क्षेत्रमा रहेका भौतिक संरचनाका कारण रोकिएको थियो । उहाँका अनुसार नगरपालिकाले उक्त भौतिक संरचना हटाएपछि सडक विस्तारको काम सुरु भएको हो । 
यता,मलंगवा नगरपालिकाको बजार  क्षेत्रमा भएका संरचना हटाएर सडक विस्तार हुने चर्चा निक्कै लामो समयदेखि चल्दै आएको थियो। यसअघि नगरपालिकाको बजार  क्षेत्रमा बनाइएका संरचना हटाउन परिपत्र गरिएको भएपनि संरचना नहट्दा सडक विस्ताको काम रोकिएको थियो ।  वर्षौंदेखि निर्माणको प्रतिक्षामा रहेको बजार क्षेत्रको सडकको निर्माणकार्य सम्पन्न भएपछि दुवै नगरका बजारहरु व्यवस्थित हुने छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech