मदन भण्डारी लोममार्ग अन्तर्गत सिन्धुलीको हरिपुरगढी गाउपालिका ५ सिम्राख डाँडाँमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुदाँ २३ जना घाईते भएका छन् ।
घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते ५ जनालाई मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ट्रमा सेन्टर पठाईएको हरिहरपुरगढी गाउपालिका वडा नं. ५ का वडाअध्यक्ष तथा गाउँपालिकाका झलककुमार माझीले जानकारी दिनु भयो ।
मरिण गाउँपालिका वडा नं २ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुसल रहेका प्रहरीको भनाई छ । ट्याक्टर दुर्घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सीनाले बताउनु भयो । अन्य घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको सिन्धुली प्रहरीले जनाएको छ ।