हरिवनका नगर प्रमुख बुढाथाेकीका छाेरा निराेज ठगी आराेपमा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१७ गते   ८७७ पटक हेरिएको

मेनुका कुमारी पौडेल
सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीका छाेरा ठगि आराेपमा पक्राउ परेका छन् ।  वैदेशिक राेजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेकाे आराेपमा हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीका छाेरा निराेज बुढाथाेकी पक्राउ परेका प्रहरीले जनाएको छ ।
सर्लाहीकाे हरिवन नगरपालिकाका  नगर प्रमुख  बुढाथाेकीका जेठा छाेरा निराेजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडाैंकाे टाेलिले पक्राउ गरेकाे हाे ।सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु १२ लाख  ठगी गरेकाे आराेपमा निराेजलाई पक्राउ गरिएकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक मिलन के.सीले जानकारी दिए ।


सर्लाहीको हरिवन नगरपालिका ५ घर  स्थानीय घरभई हाल काठमाडौं-३२ तिनकुने बस्ने अन्दाजी २७ वर्षीय निरोजलाई  काठमाडौं सिनामंगलबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक  के.सीले जानकारी दिए ।
उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका प्रहरीमा उजुरी परेकाे थियाे । उनले प्रतिव्यक्ति साढे रु ५ लाख  लाग्ने बताएर रकम ठगी गरेर फरार भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक  के.सीले जानकारी दिए ।
उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक के.सीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech