मिटर व्याज(शुद्धखोर)अभियान्ता एवम नेकपा(माओवादी केन्द्र)का तत्कालीन केन्द्रीय सदस्य स्व.डाचाराज वाग्लेको चौथो स्मृति दिवश विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ।२०७७ माघ २१ गते मिटर व्याज(शुद्धखोर) विरुद्धको बरहथवामा भएको कार्यक्रम सकेर नयाँरोड तर्फ आउने क्रममा बरहथवा नयाँरोड सडक खण्डमा स्व.वाग्लेको रहस्यमय सवारी दुर्घटनामा ज्यान गएको थियो ।सर्लाहीको हरिपुर र हरिवनमा विभिन्न कार्यक्रम गरी उनको चौथो स्मृति दिवश मनाईएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका इन्चार्ज एवम केन्द्रीय सदस्य अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार हरिपुर बजारकोे नेपाल रेडक्रस सोसाइटीको भवनमा र हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा विभिन्न किसिमका कार्यक्रमहरु गरिएको हो ।
हरिपुरमा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले स्व.वाग्लेको तस्बिरमा फुल तथा अबिर अर्पण गरेर स्मृति दिवस मनाएका छन् भने हरिवन नगरपालिका १ कैलाशपुरी स्थित मानव सेवा आश्रममा आश्रित मानिसहरूलाई मिष्ठान्न भोजन गराईएको स्व.वाग्लेकी श्रीमती सरस्वती कुमारी मिश्र.वाग्ले)ले जानकारी दिईन्।उनका अनुसार अधिकांश वक्ताहरूले स्व.वाग्ले एक निडर र निष्ठावान् नेता रहेको मिटरब्याज(शुद्धखोर)पीडकहरुको विरुद्ध चालेका कदमको खुलेर प्रशंसा गरे ।

देशमा सामन्तको अवशेषको रुपमा रहेको मिटरब्याज(शुद्धखोर)पीडकहरूलाई अझै राज्यले कानुनी दायरामा ल्याउन नसकेको र मिटरब्याज(शुद्धखोर)पीडकहरूलाई राज्यले कानूनको दायरामा नल्याउने हो भने स्व.वाग्लेको वास्तविक श्रदान्जली हुन नसक्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।चौथो स्मृति दिशवको अवसरमा भएको कार्यक्रममा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य प्रल्हाद कुमार बुडाथोकी,प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहा,नेता सुनिल बुडाथोकी, माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गामगर र नेत्री पद्मा मोक्तान लगायतले विशेष उपस्थिति रहेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
भुईंमान्छेका प्रिय नेता स्व.वाग्ले
माघ २१ गते राति मेरो आँखा एक्कासी सर्लाहीका एक विद्यार्थी नेता श्रीकृष्ण उप्रेतीको स्टाटसमाथि परेपछि म थरर कापें।“डाचाराज वाग्ले दाइका बारेमा सुनिएको अप्रिय समाचार असत्य भइदियोस्” भन्ने उनको लेखाई देख्नसाथ म स्तब्ध भएँ।हिजोआज कसैको अस्वाभाविक र अप्रत्याशित निधन भयो भने एक्कासी मृत्यु लेख्न नसकेर शुरुमा यस्तै लेखिन्छ भन्ने अनुमान गर्न कुनै गाह्रो थिएन ।
अनेरास्ववियू(क्रान्तिकारी)सर्लाहीका तत्कालीन अध्यक्ष विवेक मैनालीलाई तत्काल फोन गरें।मैले केही भन्न नपाउँदै अत्यन्तै हड्बडाउँदै उनले भने,“दाइ डाचा दाइ रहनु भएन।दुर्घटनामा भन्ने छ।तर, हामीलाई हत्याको गम्भीर आशंका छ।राति पौने ९ बजेतिर उहाँ बरहथवाबाट एक्लै नयाँरोडतर्फ मोटरसाईकलमा आउँदै गर्दा कर्मैयास्थित जंगलको मुखमा मोटरसाइकल रहस्यमय दुर्घटनामा पर्नुभएको छ ।”यति भनेपछि अब समाचार असत्य हुने झिनो आशा पनि समाप्त भयो।किनकी उनी डाचा दाइको शव नजिकैबाट मसँग बोलिरहेका थिए ।
सोचें,एउटा अग्लो,जुझारु,हक्की,निर्भीक,चर्चित र लोकप्रिय युवा नेता हामीले गुमाइसक्यौं।अब त्यो निर्मम सत्य स्वीकार गर्नुको विकल्पै रहेन।घटनास्थलमा कुदेर जान मन थियो।तर,त्यो पनि सम्भव थिएन।तत्कालै ईलाका प्रहरी कार्यालय बरहथवाका तत्कालीन प्रमुख एवम प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटलाई फोन गरी चाँडै घटनाको सत्य तथ्य पत्ता लगाउन अनुरोध गरेँ।भने डाचा दाईको सवारी दुर्घटना मात्रै होईन्,रहस्यमय सवारी दुर्घटना हो।रातभर आँखाले निदाउन मानेन।घटना सर्लाहीमा थियो।म सिन्धुलीमा थिएँ।फेरि भोलिपल्ट प्रतिगमनका विरुद्ध आन्दोलनरत नेकपा(माओवादी केन्द्र)ले आकस्मिकरुपमा राष्ट्रब्यापी आमहडताल राखिसकेको थियो।
आफ्नो जमानामा डाचाराज वाग्ले निकै चर्चित विद्यार्थी नेता थिए।हक्की स्वाभाव,जुझारु व्यक्तित्व,प्रखर वक्तृत्वकला र सदैव आन्दोलनकारी छवि उनको मूल विशेषता थियो।राष्ट्रियता, जनतन्त्र,जनजीविका र विद्यार्थी हकहितको मुद्दामा संयुक्त विद्यार्थी आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने एक अग्रणी विद्यार्थी नेता थिए ।
डाचा दाइ हामीबाट सदाका लागि विदा हुनु हप्तादिन अघि मात्रै उनीसंग भेट भएको थियो। थाहा थिएन,त्यो भेट नै उनीसँगको अन्तिम भेट हुन्छ भन्ने कुरा।त्यतिबेला उनले मिटरब्याज(शुद्धखोर)विरुद्ध कडा रुपमा आन्दोलन उठाउन आवश्यक रहेको बताएका थिए।उनको त्यस पवित्र अभियानमा वर्तमान टिमले पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी )को केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका डाचा दाइले विद्यार्र्थीहरुको समेत भेला राखेर प्रतिगमनका विरुद्ध प्रहार केन्द्रित गर्ने योजना बनाएका थिए।तर, विडम्बना उनी आफ्नो कर्मथलो सर्लाहीबाट कहिल्यै नफर्कंने गरी सदाका लागि विदा भए।पूर्व विद्यार्थी नेताहरुको भेला हुन नपाउँदै पुर्व विद्यार्थी नेताहरुले नै स्वयं उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर श्रद्धाञ्जली विज्ञप्ति निकाल्नुपर्यो।मिटरब्याज(शुद्धखोर)विरुद्धको आन्दोलन अलमलमा पर्यो।माओवादी केन्द्र सर्लाहीले असल नेता गुमायो ।
डाचा दाइ तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध असाध्यै सक्रियता साथ शुरुबाटै खटिरहेका थिए ।२०७७ माघ २२ गतेको राष्ट्रब्यापी आम हडतालको ठीक अघिल्लो दिन सर्लाहीको बरहथवामा मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गरेर मोटरसाइकलमा घर फर्कंदै गरेका डाचा दाई रातको समयमा जंगलको बाटोमा रहस्यमय मोटरसाइकल दुर्घटनामा उनको अकल्पनीय निधन भएको अप्रत्याशित र रहस्यमय समाचारहरु क्षणभरमै सार्वजनिक भए।माओवादी केन्द्रले यो घटना शंकास्पद रहेको भन्दै छानविन समिति समेत बनायो ।जंगलमा कसरी मोटरसाइकल दुर्घटना भयो,घटना शंकास्पद रहेको माओवादी केन्द्र सर्लाहीका नेताहरुले बताए ।
डाचाराज वाग्लेले ८/९ कक्षा पढ्दादेखि नै कम्युनिष्ट पार्टीको झण्डा उठाएका थिए ।किशोरावस्थादेखि नै पार्टीमा सक्रिय हुँदै जाँदा पार्टीको सेल कमिटी,गाउँ कमिटी,जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगे।उनले सानैदेखि गरिव,दुःखी र निमुखा जनताका पक्षमा आफूलाई खह्रो रुपमा उतार्दै लागेका थिए।तल्लो वर्गका जनताको सुख–दुःखको साथी बन्ने संकल्प गरेका डाचा दाई ग्रामीण वर्ग संघर्षको दौरानमा सधैँभरि गरी खाने वर्गको पक्षमा सतिसाल भएर ठिङ्ग उभिएका थिए ।
उनी कहिले जनता चुस्ने मिटरब्याज(शुद्धखोर)हरुका विरुद्ध लड्रिहे।कहिले उखु किसानहरुका पक्षमा उत्रिए ।उनको सिङ्गो जीवन नै संघर्षमय रह्यो।जीवनको इहलिला समाप्त हुनुभन्दा केही घण्टा अघिसम्म पनि उनी विद्रोहको मसाल बोकेर संघर्षको मैदानमा डटिरहेका थिए।उनी २०५२ देखि २०५६ सालसम्म अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष थिए।विद्यार्थी आन्दोलनको नेतृत्व तहमा रहँदा उनले निर्वाह गरेको भुमिका नेपाली विद्यार्थी आन्दोलनमा सदा स्मरणीय रहनेछ।२०६२ ÷०६३ को जनआन्दोलनमा पनि उनले उल्लेखनीय भूमिका निर्वाह गरे।सबैभन्दा पछिल्लो कालखण्डमा उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य र पार्टीको सर्लाही जिल्ला इन्चार्जको रुपमा प्रतिगमन विरुद्धको आन्दोलनमा अग्रभागको भुमिकामा थिए ।
डाचाराज वाग्ले संघर्षशील योद्धा मात्र हैन,राजनीतिक र विचार धारात्मकरुपमा पनि उत्तिकै अब्बल नेता थिए।“राजनीति भनेको जनताले नबुझ्ने र जनताको प्रत्यक्ष जीवनसँग नजोडिने अमूर्त विषय होइन।राजनीति जनताको दैनिक जीवनसँग सरोकार राख्ने र जनताको समग्र अप्ठेरा भोगाइहरुको सुविचारित बैकल्पिक संश्लेशण हो।”डाचा दाईले एक अनलाइन न्युजपोर्टलमा मृत्यु हुनुभन्दा केही दिन अगाडि मात्र प्रकाशित एउटा लेखमा उनका थिए ।
उनले सो लेखमा प्रतिगमन विरोधी राजनीतिक आन्दोलनले केही सीमित टाठा बाठालाई मात्र होइन, आम दुःखी नेपाली जनसमुदायको जीवनस्तर सुन्दर बनाउने छ भन्ने ठोस विश्वास जनतालाई दिलाउन सक्नुपर्छ भनेर उल्लेख गरेका थिए।सिङ्गो जीवन जनसंघर्षमा खर्चिएका सादगी नेता स्व.वाग्ले आफ्नो छोटो जीवनमा न त सांसद बने,न मन्त्री बने,न त नगर प्रमुख नै बने।स्थानीय जनतावीच उनी लोकप्रिय थिए।आवाज विहीन जनताको पक्षमा निरन्तर आवाज वुलन्द गर्ने र अन्याय र अत्याचारका विरुद्ध सम्झौताहीन संघर्ष गर्ने एउटा भरपर्दो नेता थिए।गाउँमा जाली फटाहा,सुदखोर र मिटरब्याजीहरुको शोषणको भण्डाफोर गर्ने आन्दोलनलाई उनले काठमाडौंसम्म पुर्याए।उनी साँच्चिकै भुईं मान्छेहरुको प्रतिनिधि थिए।आधारभूत तहका जनताका वीचमा उनी कति लोकप्रि थिए भन्ने कुरा उनको शवयात्रामा उर्लिएको जनसागरले नै बताएको थियो ।
उनको दाहसंस्कारमा विशाल मानवसागर नै उत्रिएको थियो।यसले राजनीतिमा पदभन्दा कद ठूलो हो भन्ने कुरा देखाउँछ।तल्लो वर्गीय पक्षधरतामा दृढ,इमानका सगरमाथा र जनसंघर्र्षका एक अग्लो सतिसाल डाचाराज वाग्लेप्रति भावपूर्ण श्रद्धाञ्जली“अलविदा
सत्य तथ्य छानबिन हुनुपर्ने परिवारको माग
तत्कालीन नेकपाका अध्यक्षद्वय एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल(प्रचण्ड) र माधव कुमार नेपालले नेकपाका सर्लाही इन्चार्ज एवम केन्द्रीय सदस्य स्व.वाग्लेको मृत्यु शंकास्पद भएकोले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेको थिए।सर्लाहीको हरिपुर नगरपालिका १ हजारविगाहमा नेकपाका सर्लाही इन्चार्ज एवम केन्द्रीय सदस्य स्व.वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्षद्वयले घटनाको तुरुन्त छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने जोडदार माग समेत गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतीगमनको विरोधमा आन्दोलन चलिरहेको समयमा स्व.वाग्लेले ज्यानको आहुती दिनु परेको बताउँदै अब अझ सशक्त रूपमा निरंकुशता बिरूद्वको यो आन्दोलनलाई अगाडि बढाउन सम्पूर्ण लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने नेताद्वले आव्हान गरेका भएपनि उनको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको चौथो स्मृति दिवश मनाई रहँदा पनि छानविन कहाँ पुग्यो भन्ने कसैलाई थाहा छैन् ।
स्व.वाग्लेकी जीवन संगिनी सरस्वती मिश्र(वाग्ले)लेपार्टी एकिकरणमा दिवंगत नेता स्व.वाग्लेले खेलेको महत्वपूर्ण भूमिकालाई ओली नेतृत्वको सरकारका तत्कालीन गृहमन्त्री राम बहादुर थापा(बादल)ले बिर्सेका भन्दै आक्रोस व्यक्त गरेकी थिईन् ।स्व.वाग्लेको मृत्यु रहस्यमय भएको भन्दै नेकपाका नेताहरुले घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएका भएपनि पीडितवाग्ले परिवारको माग र पीडामा कसैले मल्हम लगाउने पहल नगरेको गुनासो छ ।