Close This

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि,

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२१ गते   २५३ पटक हेरिएको

नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
अहिलेसम्म पिसिआर परीक्षण ८० हजार २६७ जनाको भएको छ । क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आइसोलेसनमा २ हजार १३ जना छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech