अन्याय,अत्याचार,भ्रष्टाचारका विरुद्ध,उत्पीडित समुदायको पक्षमा कलम चलाउनु आवश्यक मन्त्री साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२७ गते   ४६६ पटक हेरिएको

स्थानिय निकायको निर्वाचन नजिकएसंगै पत्रकारहरु प्रलोभनमा पर्नथालेका मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले बताउनु भयो । उहाँले निर्वाचनको क्रममा कुनै उम्मेदवारहरुले प्रलोभन देखाएर पत्रकारहरुलाई समाचार जन्य सामाग्रीहरु सम्प्रेषण गर्न लगाउने गरेका बताउनु भयो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापनका विषयमा सर्लाहीमा भएको छलफलमा मन्त्री साहले यस्तो बताउनु भएको हो ।
पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापनका विषयमा भएको अन्र्तक्रिया कार्यक्रममा उहाँले केन्द्र सरकारको एउटा मन्त्रालयको जति बजेट प्रदेश सरकारको जम्मा बजेट रहेको बताउँदै बजेटले भ्याए सम्म प्रदेश भित्रका सक्रिय पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा गरिने बताउनु भयो ।
उहाँले मधेश सरकारसंग साधन स्रोतको कमी रहेको बताउँदै मधेश प्रदेश सरकारले भ्याए सम्म मधेश प्रदेशका पत्रकारहरुलाई सेवा सुविधा दिने बताउनु भयो । साथै उहाँले मधेश प्रदेश सरकारमा आफुले प्रदेशका पत्रकारहरुको जीवन बीमा गर्ने विषयमा छलफल गर्ने र सरकारबाट पारित भएमा मधेश प्रदेशका पत्रकारहरुको जीवन बीमा पनि गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री साहले मधेश प्रदेशका पत्रकारहरुको क्षमताबृद्धि गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । पछिल्लो क्रममा पत्रकारहरुमा आलस्यता आएको र अर्काेको समाचार जस्ताको त्यस्तै कपि पेष्ट गर्ने प्रचलन बढेको बताउनु भयो । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री साहले सुचना,सञ्चारको विकास भएसंगै पढे लेखेका मानिसहरुले पत्रकारको काम गरि रहेको बताउनु भयो ।
अन्यायका विरुद्ध,उत्पीडित समुदायको पक्षमा कलम चलाउनु आवश्यक रहेको र त्यस प्रकार सामाग्री सम्प्रेषणका लागि आवश्यक शक्ति,क्षमता विकासको आवश्यकता रहेको बताउँदै मिडिया काउन्सीलले सो क्षेत्रलाई जोडदिनु पर्ने मन्त्री साहले बताउनु भयो ।
मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा वार्षिक रु १ लाख र दुर्घटना बीमा बार्षिक रु ७ लाखको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सीलले गर्ने भएको छ । अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमा नभई जीवन बीमा गर्नु पर्नेमा सुझाब दिएका मन्त्री साहका स्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech