कांग्रेस मधेश प्रदेशको विवाद चरम उत्कर्षमा,केही भ्रष्टकाे पक्षमा,केही विपक्षमा

1.5k Shares

नेपाली कांग्रेस मधेश प्रदेशकाे विवाद चरम उत्कर्षमा पुगेकाे पाईएकाे छ । मधेश प्रदेश कार्य समिति सभापति कृष्णा यादव र उप सभापति वीरेन्द्र प्रसाद सिंह प्यानल विचकाे मतभेद पछिल्लाे समयमा चरम उत्कर्षमा पुगेकाे पाईएकाे हाे । सभापति यादव भ्रष्ट मन्त्रीको कर्तुत र भ्रष्ट्राचार लुकाउन लागि पर्ने र उप सभापति सिंह भ्रष्टाचार गर्नेहरुलाई कार्बाही गर्नु पर्छ भन्ने पक्षमा लागेपछि सृजना भएको विवाद अहिले एक कान दुई कान मैदान भएको मांग्रेस कै नेताहरु बताउछन् । भ्रष्ट मन्त्रीहरु फरक पार्टीको भए पनि जातिगत रुपमा सद्भाव राखेर सभापति यादव उनीहरुको संरक्षणमा खुलेयाम लागेका तर उप सभापति सिंह भ्रष्टाचारको विरुद्धमा कटिबद्ध भएर लागेका कारण सृजना भएको विवाद सतहमा देखिन थालेकाे नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिका एक नेताले बताए । उनका अनुसार विशेष संसदिय छानविन समिति २०८० को प्रतिवेदन पास गर्ने नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसका उपस्थिति १८ जना सांसदहरु मध्य विभाजन भई पक्षमा १० विपक्षमा ८ जना भए पनि समितिकाे प्रतिवेदन निर्णयार्थ पेश गरी पास भएको छ । साेही विषयमा सभापति यादवले आफ्नो पार्टीका आफू निकटका तथा अन्य पार्टीका पनि जातिवादी सांसदहरुलाई फाेन मार्फत दवाव दिई प्रतिवेदनकाे विपक्षमा उभिन भाेपछि पार्टी भित्रकाे विवाद सतहमा आएकाे हाे । तत्कालीन अर्थ मन्त्री एवम जनता समाजवादी पार्टी(जसपा)नेपालका नेता एवम तत्कालीन अर्थ मन्त्री संजय यादव र नेकपा(माओवादी केन्द्र)की नेतृ एवम तत्कालीन पर्यटन मन्त्री सुनिता यादव भ्रष्टाचारमा लिप्त रहेका ठहर गर्दे छानविन समितिले तयार पारेको प्रतिवेदन पारित गराउने समयमा सभापति यादवले आफु निकटका प्रदेश सभा सदस्यहरुलाई बाहिरि बोलाएर पार्टीको संसदिय दलको निर्णयको विपक्षमा उभिएका उप सभापति सिंह पक्षको आरोप छ । मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री र तत्कालीन पर्यटन मन्त्री सुनिताले आर्थिक वर्ष २०७९/०८० मा विशेष,शसर्त र योजना रकमान्तरमा व्यापक अनियमितता गरेपछि उनीहरुमाथि छानबिन गर्न भन्दै गठन भएको समितिले दोषी ठहर गर्दै प्रतिवेदन तयार पारि निर्णयार्थ प्रस्तुत गरी पारित गरेको भएपनि सभापति यादवले त्यसलाई असमर्थ जनाएका छन् । प्रतिवेदनको विपक्षमा रहेर भ्रष्ट मन्त्रीको पक्षमा उभिने कांग्रेसका आठ जना प्रदेश सभा सदस्यहरु कांग्रेस प्रदेश सभापति एवम प्रदेश सभा संसदीय दलका नेता यादवको दबाबमा हलबाट बाहिरिएका भएपनि कांग्रेसले पार्टी भित्रको विवादलाई लुकाउने प्रयास गरेको छ ।प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई छल्न आफू काठमाडौं पुगेका सभापति यादवले काठमाडौंबाटै आफु निकटका कांग्रेसका प्रदेश सभा सदस्यहरुका साथै अन्य पार्टीका तर यादव समुदायका प्रदेश सभा सदस्यहरुलाई दवाव दिएर भ्रष्ट पूर्वमन्त्री जोगाउन लागि परेका कांग्रेसका एक नेताले बताए ।उनले जसका कारण मांग्रेस मधेश प्रदेशमा स्पष्ट दुई लाईन देखिएको बताए । “सभापति यादवले भ्रष्टाचारीहरुको पक्षमा लागेर पार्टीलाई विवादित बनाउनु भयो।यो राम्रो भएन।यसले नेपाली कांग्रेसको राम्रो सन्देश जनतामा जाँदैन् ।सभापति भएर पार्टी एकताबद्ध बनाउनुपर्नेमा जातिवादका नाममा भ्रष्टाचारीहरुको पक्षमा उभिएर पार्टीलाई विभाजन निम्त्याउनु दुख द हो ।”उनले भने । यता, साेही विषयलाई लिएर कांग्रेस मधेश प्रदेशका सचेतक कुमार कान्त झाले राजिनामा दिएका छन् । उनले हामिलाई व्यक्तिगत कारणले राजिनामा दिएकाे स्विकार गरेपनि नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तु यादवले सचेतक झाले राजिनामा नदिएका बताए पनि झाले आधिकारिक राजिनामा दिई सकेकाे बताएका छन् । एक पक्ष र स्वयम् सचेतक आफैंले पनि राजिनामा दिई सकेकाे बताए पनि अर्काे पक्षले सचेतक झाले लिखित राजिनामा दिई सकेका र सभापति यादव पक्षले सचेतक झाकाे लिखित राजिनामा लुकाएका आराेप लगाएका छन् ।

कांग्रेसकाे विवादकाे जड के हाे ?

मधेश प्रदेश सरकारका निवर्तमान अर्थ मन्त्री यादव र पर्यटन मन्त्री सुनितालाई दोषी ठहर गर्दै विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन मधेश प्रदेश सभाबाट पारित भएको छ ।मधेस प्रदेश सरकारका अर्थ मन्त्री र पर्यटन मन्त्रालयले कार्यविधि विपरीत रकमान्तर गरेको निष्कर्षसहित निर्णयार्थ पेस भएको छानबिन प्रतिवेदन प्रदेश सभाले पारित गरेको समितिका संयोजक उप्रेन्द्र महतोले जानकारी दिए । उनका अनुसार प्रदेश सभाको बुधबार बसेको बैठकले विशेष संसदीय छानबिन समिति २०८० ले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल समक्ष पेस गरेको २२ पृष्ठ लामो प्रतिवेदन पारित गरेको हो।पारित प्रतिवेदन सरकारलाई औपचारिक रूपमा बुझाइने र त्यस पछिको प्रक्रिया सरकारको जिम्मामा जाने प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बताए । “प्रदेश सरकारले अर्थ र पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा गरेको अनियमितता बारे छानबिन गर्न विशेष संसदीय छानबिन समिति २०८० गठन गरेकोे थियो।यी मन्त्रालयले विशेष अनुदान र सशर्त अनुदानमा नियमविपरीत रकमान्तर गरेको गुनासो आएपछि सरकारले एक वर्ष अगाडि सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य एवम जनता समाजवादी पार्टी(जसपा)नेपालका नेता महतोको संयोजकत्वमा ११ सदस्यीय विशेष छानबिन समिति २०८० गठन गरेको थियो ।” “प्रतिवेदनमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयमा विशेष अनुदान र सशर्त अनुदानमा कार्यविधि विपरीत योजना वितरण गरेको,प्रदेश सशर्त अनुदान सम्बन्धी कार्यविधि २०७८ को दफा ४ को उपदफा २ मा उपमहानगर तथा महानगरपालिकालाई रु ५० लाख भन्दा कमको योजना तथा कार्यक्रम नदिने नियम भएपनि अर्थ मन्त्रालयले नीति विपरीत उपमहानगरपालिका तथा महानगरपालिकालाई सशर्त अनुदान पठाएको छ।”प्रतिवेदनमा उल्लेख गरिएको छ । “यो नियमविपरीत अर्थ मन्त्रालयले वीरगञ्ज महानगरपालिका–१५,जगरनाथ सोनारको घरदेखि अबुलैसको घरसम्म तथा छेउछाउको अधुरो सडक तथा नाला निर्माणका लागि रु २५ लाख,जनकपुर उपमहानगरपालिका ४ मा पनि रामकृपाल मुखियाको घरदेखि सदानन्द झा तथा लालबाबु साहको घरदेखि मुल बाटोसम्म पीसीसी ढलानका लागि २५ लाख,उपमहानगर जीतपुरसिमरामा पनि अधुरो सामुदायिक भवन निर्माणका लागि २५ लाख रकमको योजना बाँडिएको छ ।” “अर्थ मन्त्रालयले आफैँले बनाएको कार्यविधि विपरीत वीरगञ्ज महानगरलाई रु २५/२५ लाखका ११ वटा योजना,जनकपुर उपमहानगरपालिकालाई रु २५/२५ लाखका दुई वटा योजना,कलैया उपमहानगरपालिकालाई रु २५/२५ लाखका दुई वटा योजना र जीतपुरसिमरा उपमहानगरपालिकालाई रु २५ लाखको एउटा योजना दिएको पाइएको छ ।”समितिको प्रतिवेदनमा भनिएको छ । “कुल लागत रु २५ लाखभन्दा कमको योजना तथा कार्यक्रमका लागि विशेष अनुदान प्रदान नगरिने विशेष अनुदान कार्यविधि २०७८ को दफा ४ को उपदफा (२) मा उल्लेख छ तर कार्यविधि उल्लंघन गरी वीरगञ्ज महानगरलाई रु १०/१० लाखका दुई वटा र रु २० लाख,रु १७ लाख तथा रु १३ लाखका एउटा/एउटा योजना दिइएको”प्रतिवेदनमा भनिएको छ । त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिकालाई रु १०/१० लाखका दुई वटा र रु पाँच लाखको एउटा,सप्तरीको राजविराज नगरपालिकालाई रु पाँच/पाँच लाखका दुई वटा र बाराको सुवर्ण गाउँपालिकालाई रु १८ लाखको एउटा योजना अर्थ मन्त्रालयले बाँडेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्षको अन्त्यमा विभिन्न मन्त्रालयबाट रकमान्तरका लागि लेखिएको पत्र अनुसार रकमान्तर गरिएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ।मन्त्रालयहरूको सुरुको बजेट विनियोजनमा रकम थपघट गरिएको प्रतिवेदनमा उल्लेख छ।विविध शीर्षकमा छुट्ट्याइएको रकम पनि आकस्मिक खर्चका लागि रकमान्तर गरेको पाइएको समितिको प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।तत्कालीन अर्थमन्त्री संजयकुमार यादवले अर्थमन्त्री पदको दुरुपयोग गरी आफूखुसी योजना बेचेको आरोप लागेपछि मधेश प्रदेश सरकारले विशेष संसदीय छानबिन समिति २०८० गठन गरेको थियो । त्यसैगरी प्रतिवेदनमा खासगरी अर्थ र पर्यटन मन्त्रालयले बजेटमा चरम अनियमितता गरेको निष्कर्ष निकालिएको छ।तत्कालीन उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता यादवका स्वकीय सचिवको लेटर प्याडमा लेखिएको आधारमा रु ४२ करोडभन्दा बढी बजेट रकमान्तर गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरिएको छ । “स्वकीय सचिवको सोही लेटर प्याडको आधारमा टिप्पणी उठाइएको छ,त्यसपछि रु ४२ करोड ६० लाख १० हजार रकमान्तर गरिएको छ।त्यो रकम खासगरी मठ,मन्दिर,सामुदायिक भवन,प्रवेशद्वार र कमाउण्ड वाल निर्माणमा खर्च भएको र यो रकम भू तथा जलाधार व्यवस्थापन कार्यालय सिरहा र रौतहट पठाइएको छ ।”विशेष छानबिन समिति २०८० को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सचेतकबाट राजिनामा दिएका झा के भन्छन् ?

यता,तत्कालीन अर्थ मन्त्री यादवले आफुले नियमानुसार काम गरेको दाबी गरेका र प्रतिवेदनमा नियम विपरित भएको साथै प्रतिवेदन जसरी आउनु पर्ने हो त्यसरी नआएको तथापी पनि आफ्नो प्रतिवेदन माथि विमती नरहेको सचेतक झाले बताए।उनले “आफुहरु छलफलमा १८ जना बसेको र सचेतकबाट राजिनामा दिनु आफ्नो व्यक्तिगत कारण रहेको” बताए।उनले केही प्रदेश सभा सदस्यहरु काम विशेषले बाहिरि निस्केका र कृष्ण यादवले दवाव नदिएका बताए।विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन माथि आफ्नो कुनै विमती नरहेको उनले दोहोर्याए ।

सम्बन्धित समाचार