Close This

हुलाकी सडक कालाेपत्रेकाे माग गर्दै स्थानीय आन्दाेलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२७ गते   १९३ पटक हेरिएको

सर्लाहीकाे मलंगवामा हुलाकी सडक कालाेपत्रेकाे माग गर्दै एकपछि अर्को ठाउँका वासिन्दाले चक्काजाम गर्न थालेका छन् ।
 सोमबार बिहान मलंगवा नगरपालिका २ कृष्ण चोकका स्थानीयले हुलाकी रोड कालोपत्रेको माग गर्दै सडकमा टायर बालेर चक्काजाम गरेका हुन् । यसअघि आइतबार ब्रम्हपुरीका वासिन्दाले पनि सडक पिच गर्न माग गर्दै चक्काजाम गरेका थिए ।
केही दिनपहिले कौडेना र मुसैलीका स्थानीयले चक्काजाम गरेपछि त्यहाँ अहिले कालोपत्रेको प्रारम्भिक काम अघि बढाइएको छ । ठेकेदारले बद्मासी गरेर ठेक्का अनुसार हुलाकी सडक कालोपत्रे नगर्दा सडक छेउछाउ घर भएका वासिन्दा र यात्रुहरुले धुलोको मार खेपिरहेका छन् ।
हुलाकी सडकमा अहिले धुलोले गर्दा यात्रा गर्नै नसक्ने अवस्था छ भने छेउछाउका घर धुलोले ढाकेका छन् । तर ठेकेदार कम्पनी निर्माण कार्य अघि बढाउनुकाे सट्टा सम्पर्क बिहिन भएको स्थानीयकाे आराेप छ ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech