जिल्लामा स्वाब संकलनको काम तिब्रगतीमा,परिक्षणमा ढिलाई

2.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाबाट गत शनिवार नै ६१ जनाको थ्रोट स्वाब संकलन गरेर प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुर पठाइएको थियो । आईतबार हेटौँडा पठाइएको स्वाबको रिपोर्ट आई सक्दा पनि शनिबार पठाएको स्वाब संकलनको रिपोर्ट अहिले सम्म नआएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा यस विषयमा बुझ्दा बुधबार वा बिहीबार रिपोर्ट आउने बताइएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो ।सोमबार लालबन्दीबाटै हेटौंडाकोे ल्याबमा पठाइएको थप १ सय २३ जनाको रिपोर्ट पनि बुधबार नै आउने नगर प्रमुख खड्काले बताउनु भयो ।
 १ सय २३ मध्ये नगरले सञ्चालन गरेको नवलपुरको आइसोलेसनमा बसिरहेका २ जनाको भने दोस्रो पटक पठाइएको स्वाबको परीक्षण रिपोर्ट केही समयमै आउने अपेक्षा गरिएको  नगर प्रमुख खड्काले बताउनु भयो ।
हरिवन नगरपालिकाले सोमबार एकैदिन संकलन गरेर पठाएको ४ सय ११ जनाको स्वाब मंगलबार केन्द्रीय जन स्वास्थ्य प्रयोगशाला टेकुको ल्याबमा पुगेको जानकारी प्राप्त भएको छ । त्यसको रिपोर्ट आउन अझै १÷२ दिन लाग्ने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले जानकारी दिनु भयो । लालबन्दी, हरिवनसँगै जिल्लाको दक्षिणी भेगका केही स्थानिय निकायहरुले पठाएको स्वाबको रिपोर्ट पनि आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार