पञ्चवर्षीय गढीमाई मेलामा दर्शनार्थीको घुइँचो,ट्राफिक व्यवस्थापन चुनौती

369 Shares

बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा रहेको गढीमाई मन्दिरमा लागेको गढीमाई पञ्चवर्षिय मेलामा दर्शनार्थीको घुइँचो लागेको छ।दक्षिण यसिया कै सबै भन्दा धेरै पशुबली चढ्ने गढीमाई पञ्चवर्षिय मेलामा नेपाल र छिमेकी देश भारतका दर्शनार्थीहरुको घुईँचो लागेको आयोजक गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा आएर गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासका साथ स्वदेश र छिमेकी देश भारतका दर्शनार्थीहरुको घुईँचो लाग्ने गरेको छ ।परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरूको संख्या उल्लेख्य रहेको स्थानीयले बताएका छन् । बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ देखि पञ्चवर्षीय गढीमाई मेला सुरु भएकोे छ ।एक महिना सम्मलाग्ने मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । 
“विगतका मोलहरुमा जस्तै यस पटकको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ,महिनाभरिको मेलामा भारतीय पर्यटकहरु करिब ६० प्रतिशत र स्वदेशी पर्यटकको करिब ४० प्रतिशत गरी एक करोड भन्दा धेरै दर्शनार्थीहरू उपस्थिति हुने अपेक्षा राखेका छौँ।”आयोजक गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका नगर प्रमुख यादवले बताए ।
गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरी अधिकारीहरुको भनाई छ ।उनीहरुका अनुसार मोटरसाइकल, अटो रिक्सा, ई–रिक्सा,जीप,कार,भ्यान,मिनी बस, बस र ट्याक्टर तथा ट्रक लगायतका सवारी साधनमा चढेर मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो भएकाले ट्राफिक व्यवस्थापनमा निकै चुनौती थएिको छ ।

सम्बन्धित समाचार