मतदान अधिकृत महत्तोको हृदयघातबाट मृत्यु

198 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा गाउँपालिका ४ जिंगडवामा रहेको आधारभूत विद्यालय (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको मृत्यु भएको छ ।रौतहटको माधवनारायण नगरपालिका ६ घर भई बरहथवा नगरपालिका १ हजरिया स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सि.अ.हे.व.पदमा कार्यरत अन्दाजी ४२ वर्षीय रघुनाथ महतोको हृदयघात अर्थात् “हर्ट एट्याक”बाट मृत्यु भएको हो ।
सर्लाहीको क्षेत्र नम्बर २ स्थित पर्सा गाउँपालिका ४ जिंगडवामा रहेको आधारभूत विद्यालय (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको रुपमा खटिएका महत्तोको मंगलबार दिउँसो मतदान केन्द्रमा पुगेपछि एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो।अस्पताल ल्याउँदा महतोलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार प्रादेशिक अस्पताल मलंगवाका हेल्थ असिस्टेन्ट शंकर कुमार पटेलले मतदान अधिकृत महतोको हृृदयघातबाट मृत्यु भएको पुष्टी गरेका हुन् । 
मतदान अधिकृत महतोको मृत्यु भएपछि अब त्यहाँ नयाँ मतदान अधिकृत पठाउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।आधारभूत विद्यालय जिंगडवामा मतदान अधिकृत महत्तोको मृत्यु भएपनि मतदान केन्द्र निर्माण र अन्य तयारीको काम भई रहेको छ ।
सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रहरुमा तीन सय १२ मतदानस्थलका छ सय २८ मतदान केन्द्रबाट पाँच लाख ११ हजार छ सय छ जना मतदाताले मतदान गर्ने छन्। भने २६ वटा राजनीतिक दल र स्वतन्त्र गरी एक सय ३१ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । 

सम्बन्धित समाचार