Close This

प्रदेश २ का थप ३ जनामा कोरोना संक्रमण

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१७ गते   ३३३ पटक हेरिएको

प्रदेश २ का थप ३ जनामा कोरोना कोरोना संक्रमण भेटिएको छ । नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो । बाराका एकजना र पर्साका दुईजना गरि जम्मा तीनजना कोरोना संक्रमित थपिएका छन् ।

बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटीभ भेटिएको स्रोतले दावी गरेका छन् । यसको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टी गर्न भने बाँकी रहेको छ । 

जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यसअघी रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech