सर्लाहीको हरिपुर २ र ६ मा नाईट भिजन सिसि क्यामेरा जडान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१५ गते   ६२५ पटक हेरिएको

सर्लाहीको नवलपुर मलंगवा हुलाकी सडक खण्ड अन्र्तगत हरिपुर नगरपालिका २ र ६ मा नाईट भिजन सिसि क्यामेरा जडान गरिएको छ । नवलपुर मलंगवा हुलाकी सडक खण्ड अन्र्तगत हरिपुर नगरपालिका २ स्थित हरिपुर बजारमा एउटा र हरिपुर नगरपालिका ६ स्थित लक्ष्मीपुरमा एउटा गरी दुई वटा नाईट भिजन सिसि क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय कुवरले जानकारी दिए ।
नवलपुर मलंगवा हुलाकी सडक खण्डमा पछिल्लो समय निर्क दुर्घटना हुन थालेपछि इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक कुवरको पहलमा हरिपुर नगरपालिकाले दुई वटा  नाईट भिजन सिसि क्यामेरा जडान गरेको हो ।


नवलपुर मलंगवा हुलाकी सडक खण्डमा दुर्घटना भई सवारी साधनहरु फरार हुँदा प्रहरीलाई निकै सास्ती हुने गरेकोमा प्रहरी निरिक्षक कुवर इलाका प्रहरी कार्यालय हरिपुरको प्रहरी प्रमुख भएर आएदेखि नै सिसि क्यामेरा जडानको प्रयासमा रहेका थिए । वडा कार्यालयहरु र नगरपालिकासंग आवश्यक समन्वय गरि नाईट भिजन सिसि क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक कुवरले जानकारी दिए ।
सवारी दुर्घटना तथा विभिन्न किसिमका गैर कानुनी कार्य न्युनिकरण गर्न सिसि क्यामेरा अति आवश्यक रहेकोमा अब सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई सवारी दुर्घटना तथा विभिन्न किसिमका गैर कानुनी कार्य गर्नेहरुलाई कानुनी दायरामा ल्याउन निकै सहज हुने ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक कुँवरले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech