सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा जनताको घरदैलोमा पुगी जनताका समस्या पहिचान र समाधानमा जुटेका छन् ।दोस्रो कार्याकालका लागि नगर प्रमुख निर्वाचित भएका थापा आफु सधैँ जनताको सेवक रहेको भन्दै जनताको घरघरमा पुगेर समस्याहरुको पहिचान र समाधानमा जुटेका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार पहिलो कार्याकालमा नगर प्रमुख निर्वाचित हुँदा थापाले आफुलाई सरकारी सवारी साधन चढ्न भन्दै राज्यले दिएको रकमबाट दुर्गमका जनताका लागि खानेपानीको ट्याङ्कर खरिद गरि खानेपानी खुवाएका थिए ।पहिलो कार्यकालमा राज्यले दिने कुनै पनि सेवा सुविधा नलिएका नगर प्रमुख थापा सधैँ जनतासंगै र जनताका समस्या समाधानमा तल्लीन रहेका छन् ।
त्यसैगरी पछिल्लो समय नेकपा(माओवादी केन्द्र)ले संगठन सृदृढिकरण अभियान भन्दै अभियान सञ्चालन गरेपछि झन हौसियका नगर प्रमुख थापा हरेक दिन बिहान देखि साँझ सम्ममा आफ्नो नगरपालिकाका साथै सर्लाही क्षेत्र नम्बर ३ का जनताका साथमा हुन्छ् ।सर्लाही क्षेत्र नम्बर ३ का कति पय जनताले बागमती नगरपालिकाका नगर प्रमुख थापाको नाममात्रै सुनेका भएपनि अनौपचारीक रुपमा अव सर्लाही क्षेत्र नम्बर ३ को सांसद थापा नै हुने भन्नेमा समेत ढुक्क देखिएका छन् ।धेरै नबोलने नगर प्रमुख थापा जे बोल्छन्,त्यो गर्छन् भन्ने सर्लाहीबासीलाई विश्वास बढेको पाइएको छ ।राजनिति नै समाज सेवा हो भन्ने भावना भएका नगर प्रमुख थापाले बागमती नगरपालिकामा गरेका काम देखेर सर्लाहीबासी यस्ता जनप्रतिनिधिहरु आफ्नो गाउँ,नगर र क्षेत्रमा भए हुन्थ्यो भन्नेमा छन् ।