Close This

सर्लाही जिल्ला भलिबल संघको नयाँ नेतृत्व चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-७ गते   ७० पटक हेरिएको

सर्लाही जिल्ला भलिबल संघको नयाँ नेतृत्व चयन गरिएको छ । लालबन्दी नगरपालिका ३ को सिस्वामा सम्पन्न भेलाबाट रामानन्द सिंह थारुको अध्यक्षतामा १२ सदस्यीय सर्लाही जिल्ला भलिबल संघ गठन गरिएको हो । 
संघको उपाध्यक्षमा हरिपुर नगरपालिकाका रामकृष्ण चौधरी र हरिपूर्वा नगरपालिकाका श्रीनारायण पण्डित, महासचिवमा चन्द्रनगरका अरुण कुमार चौधरी, कोषाध्यक्षमा ईश्वरपुर नगरपालिकाका शिवनारायण सिंह दनुवार लगायत अन्य सदस्यहरु रहेका छन् । 
नव गठित समितिका अध्यक्ष थारु पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech