Close This

पुनः स्थापनाको माग गर्दै संघर्ष समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   ४६२ पटक हेरिएको

सर्लाहीका  विभिन्न सामुदायिक  विद्यालयबाट विस्थापित भएका शिक्षक तथा शिक्षीकाहरुले संघर्ष समिति गठन गरेका छन । आफुहरुलाई पुनः स्थापित गराउनुपर्ने माग गर्दै उनिहरुले राम पुकार रायको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरेको जनाएका छन ।
   वि.सं.२०७५ सालमा विस्थापित गरिएका शिक्षक शिक्षिकाहरुलाई  २०७६ साल पौष २६ र २७ गते बसेको मन्त्री  परिषद्को बैठकबाट पुनः स्थापित गर्ने निर्णय भएको थियो तर मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट २०७६ साल माघ १२ गते   जिल्लाका विभिन्न स्थानिय निकायहरुलाई पठाइएको पत्रको कार्यन्वयन नभएको भन्दै आफुहरुलाई स्थापित गर्न माग गर्ने उद्धेश्य अनुरुप संघर्ष समिति गठन गरेको समितिका  सचिव विष्णु नारायण झाले जानकारी दिनु भयो ।
विं.सं.२०७६ साल पौष २६ र २७ गते बसेको मन्त्री  परिषद्को बैठकबाट पुनः स्थापित गर्ने भनी गरेको निर्णयको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट २०७६ साल माघ १२ गते   जिल्लाका विभिन्न स्थानिय निकायहरुलाई पठाइएको पत्रको कार्यन्वयन गर्न दवाव दिने साथै आवश्यकता अनुसार आन्दोलन गर्ने तयारीका साथ संर्घष समिति गठन गरिएको संयोजक रायले बताउनु भयो । 
नवगठित संघर्ष समितिको उपाध्यक्षमा राम खेलवान साह,सचिवमा विष्णु नारायण झा,कोषाध्यक्षमा भुप नारायण यादव तथा  सदस्यहरुमा सुजय कुमार झा,अर्जुन चौलागाई ,कपिलदेव यादव,मिना शर्मा र राज कुमारी यादव रहेका छन् ।यस्तै सल्लाहकार समितिको संयोजकमा अजय कान्त मिश्र तथा सदस्यहरुमा नागेन्द्र साह, कौशल किशोर ठाकुर ,प्रमिला चौधरी र विणा यादव रहेकोे संघर्ष  समितले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech