मधेश प्रदेश प्रहरीद्धारा नौ किलो भन्दा बढी चाँदी बरामद्

एसपि गौरव    प्रकाशित: २०८०-५-१३ गते   ४०९ पटक हेरिएको

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नौ किलो भन्दा बढी चाँदी बरामद् गरेको छ ।मधेश प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले साउन महिनामा नौ किलो सात सय ६० ग्राम चाँदी बरामद् गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार साउन महिनामा मात्र नौ किलो सात सय ६० ग्राम अर्थात अन्दाजी  १० लाख मुल्य बराबरको चाँदी बरामद् भएको हो । प्रहरीले साउन महिनामा  एक करोड १९ लाख १५ हजार पाँच सय ९६ बराबरको भन्सार छली लुकाई छिपाई नेपाल प्रवेश गराएको किरानाका सामानहरु र एक करोड ९९ हजार ८१ बराबरको इलोक्ट्रोनिक्सका सामानहरु मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी कार्यालयहरुले बरामद् गरेका हुन ।

तीन करोड ४५ लाख नौ हजार आठ सय बराबरको सवारी साधनहरुका विभिन्न पार्टसहरु र तीन करोड २३ लाख २५ हजार पाँच सय ३५ बराबरको लक्ताकपडा,फेन्सी तथा अन्य सामानहरु बरामद् गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा मधेश प्रदेशका आठ जिल्लाबाट गरी कुल आठ करोड ९८ लाख ५० हजार १२ बराबरको भन्सार छलीको विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ  भने आठ जना मानिसहरुलाई भन्सार छली चोरी पैठारीमा संग्लग्न रहेको अवस्थामा पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech