Close This

नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाउन वाईसीएल प्रदेश २ को माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२० गते   २१६ पटक हेरिएको

नेपाल सरकारले अध्यादेश मार्फत आर्थिक बर्ष ०७८÷७९ को बजेटमा खानी जन्य उत्खनन् गिट्टी बालुवा निर्यात गरि घाटा न्युनिकरण गर्ने भनी ल्याएको बजेट प्रती वाईसीयल प्रदेश दुईले प्रेस बिज्ञप्ति जारी गर्दै त्यसको खारेज गर्न माग गरेको छ ।
जेष्ठ १५ गते नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रती ध्यानाकर्षण भएको र उक्त नीति तथा कार्यक्रमले केही ठुला र धनाढ्य ठेकदार व्यवसायीहरुका लागि फाईदा हुने र त्यसले समग्र चुरे तथा तराई मधेशको लागि घातक,प्राकृतिक उर्बरभुमीलाई मरुभुमी बनाउने र त्यसले समग्र तराई मधेशमा संकट निम्तने भन्दै त्यसको बिरोध गर्दै नदी जन्य पदार्थ(गिट्टी बालुवा,ढुंगा) को उत्खनन् र निर्यातमा रोक लगाउनु पर्ने वाईसिएल प्रदेश दुईका संयोजक मोहन श्रेष्ठ र सन्देश इन्चार्ज शंकर महतोद्वारा हस्ताक्षर प्रेस बिज्ञपतिमा  उल्लेख गरिएको छ ।
त्यस्तै जिल्लाका विभिन्न खोलाहरुमा अवैध तरिकाबाट नदी जन्य पदार्थको दोहन भईरहेको भन्दै तयस्ता कार्यतुरुन्त रोक्न पनि वाईसियल नेपाल प्रदेश २ ले माग गरेको छ । नदि जन्य पदार्थ उत्खनन्मा स्थानिय सरकार,प्रदेश सरकार तथा केन्द्र सरकार गैर जिम्मेवार भएको भन्दै वाईसिएल नेपालले आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएको छ । नदी उत्खनन् र निकासीले त्यस क्षेत्रमा रहेको नदीको तट बन्धमा समेत क्षति पुर्याई रहेको र प्राकृतिक रुपमा खानेपानी र सिचाईमा समेत समस्या निम्ताएको भन्दै उत्खनन्मा रोक लगाउन माग गरेको हो ।
जिल्लाका नदीहरुमा भई रहेको दोहनको सरोकारवाला निकायले अनुगमन गरी आवश्यक कार्बाही गर्नसमेत वाईसिएल नेपाल प्रदेश २ कमिटिले माग गरेको छ । साथै अबैध रुपमा भई रहेको नदीजन्य पदार्थको उत्खनन् गर्ने ठेगदारलाई कार्बाहीको दायरामा ल्याउन समेत वाईसिएलले माग गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech