सर्लाहीको रामनगर गाउँपालिका ४ का रामविलास महतोलाई गोली हानी हत्या गरेर फरार रहेका एक अभियुक्त ५ वर्षपछि पक्राउ परेका छन् । रामनगर गाउँपालिका ४ का शुभनरायण रायलाई रामनगर गाउँपालिका ४ का महतोलाई गोली हानी हत्या गरेको अभियोगमा ५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
प्रहरकिा अनुसार प्रहरी चौकी हरकठवाको टोलीले महिनाथुर नजिकै बागमती पुल क्षेत्रवाट रायलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाएको र जिल्ला प्रहरी कायाृलय सर्लाहीले अदालतमा पेश गरि सकेको छ ।
सोही मुद्धाका अन्य ३ जना अभियुक्तहरु श्रीनारायण राय,उपेन्द्र राय र उपेन्द्र राय( फौदार रायको छोरा )यस अघि नै पक्राउ परि पुर्पक्षको लागि थुनामा रहेका प्रहरीले जनाएको छ ।