सिराहाको एक स्वीट्स हाउसमा समोसामा किरा भेटिएको छ ।जिल्लाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको हो । सेवाग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले स्वीट्स हाउसमा छापा मारेको हो ।
टोलीले स्वीट्स हाउसको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी कवारीले बताउनु भयो । अनुगमनको क्रममा उक्त होटलमा अत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिनुभयो । चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेपछि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय सिरहालाई जानकारी गराएका थिए ।
। बुधबार सिराहा सरमुकामको सो स्विट्स हाउसमा समोसा खाँदा पत्रकार रामभरोसी यादव बिमारी परेका छन्। सिरहा गाएका बेला गत बुधबार समोसा खाएका गोलबजार नगरपालिका ८ का पत्रकार यादव विरामी परेका हुन्। उनले समोसा खाँदैगर्दा समोसामा किरा फेला परेको थियो। पत्रकार यादवलाई खाजा खाएको भोलिपल्ट विहानै देखि पखाला लाग्ने,वान्ता आउने र अनुहार समेत सुनिएको छ। उनलाई फूडप्वाईजनिङ भएको उपचाररत स्वास्थ्य संस्थाले जनाएको छ ।