सर्लाहीको मलंगवामा गाेलि चल्याे,एक भारतिय नागरिकको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२३ गते   २६४१ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ८ मा अज्ञात समुहकाे गाेली प्रहारबाट १ जनाकाे ज्यान गएकाे छ ।  बुधबार साझ गज्ञात समुहकाे गाेलि प्रहारबाट छिमेकी देश भारतकाे साेनबर्साका ईनदल महताेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
बुधबार साँझ करिब ६:५० बजे अज्ञात बसमुहको गाेली लागेका उनकाे उपचारकाे लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयाे ।
 गाेली प्रहार कसले र किन गरेकाे भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेकाे समुहकाे खाेजि कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech