कोरोना माहामारीको खोजिम कायमै रहेको समयमा पनि मानिसहरु दशैँ पर्व मनाउनका लागि आवश्यक सामाग्रीहरु किनमेल गर्न तथा आफ्ना आफ्न्तहरुकोमा आउने जाने गरेका कारण कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ । माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना संक्रमण भयाबह हुनेमा जानकारहरु चिन्तीत देखिएका छन् ।
सार्वजनिक स्थलहरु तथा हाट बजारहरु र यातायाताका साधनहरुमा यात्रा गर्दा समेत मानिसहरुले नेपाल सरकारले तोकेका सामान्य पनि स्वास्थ्य मापदण्डहरुको पालना समेत पुरा नगर्दा चाडपर्वको समयमा कोरोना संक्रमणको जोखिम थप बढ्न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ ।
कोरोना माहामारी पुर्णरुपमा नियन्त्रणमा नभएको भएपनि अधिकांश सर्वसाधारणहरुले खोप लगाइसकेका र चाडपर्वको समयमा बजार क्षेत्र भिडभाड हुनु स्वाभाभिकै रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सवैलाई सर्तक भई चाडपर्व मनाउन उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
तर बजारमा मानिसहरुको भिडभाड रहेपनि कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी भएपछि मानिसहरु बेरोजगार भएका र उनिहरुको आम्दानी नभएका कारण किनमेलको काम भने कम भएको स्थानिय व्यापारी श्रीनारायण साहको भनाई छ ।
जिल्लामा हाल सम्म ६८ हजार ९ सय ७८ जनाले कोरोना संक्रमण विरुद्धको पहिलो डोज खोप र १ लाख ७२ हजार २ सय ६४ जनाले दोस्रो डोज पनि लगाई सकेका छन् । भने जम्मा जिल्लाभरमा कोरोना खोप लगाउने २ लाख ४१ हजार २ सय ४२ जनाले खोप लगाई सकेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । भारतसंग खुल्ला सिमाना भएको सर्लाहीमा भारतबाट आफ्नोघर आउने तथा आफ्ना आफन्तलाई भेट्न जाने आउनेहरुको संख्यामा बृद्धि भएपछि कोरोना संक्रमण दर बढ्ने चिन्ता त्यतिकै बढेको छ । जिल्लाको लालबन्दी,हरिवन,बरहथवा,बयलवास तथा मलंगवा लगायतका बजारहरुका साथै वित्तिय संस्थाहरुमा मानिसहरुको भिडभाड त्यतिकै रहेको छ