कठ्याङ्ग्र्रिँदो चिसो छल्न पराल रगुईँठाको आगोको सहारा

354 Shares

सर्लाही सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्र्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् ।चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन्।दाउराको अभावमा जिल्लाको दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा विपन्न मानिसहरु वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका छन् । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणीहरु बताउँछन् ।
दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरुले गुइँठा प्रयोग गर्दै आएको छन् । आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय बताउछन् । सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गर्दछन ।
चिसोको कारण जिल्ला सदरमुकाममा सहितका स्थानमा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत घट्न थालेको छ ।बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।न्यायो लुगा तथा कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको भएपनि विपन्न नागरिकहरु आर्थिक अभावले न्यानो कपडा किन्न नसक्ने अवस्थामा रहेका कारण घुर तापेर जाडो छल्न बाध्य हुनु परेको विपन्न परिवारको गुनासो छ । जाडो बढेकाले बालबालिका,वृद्धवृद्धा,सत्केरी तथा गंभिर प्रकारका बिरामीहरुलाई ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।यसैबिच अत्यधिक चिसो बढेपछि सर्लाहीका सामुदायिक विद्यालयहरु धमाधम बिदा हुन थालेका छन् ।

सम्बन्धित समाचार