प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिने

114 Shares

नयाँ सत्तासमीकरण बनाएका प्रधानमन्त्री ‘प्रचण्ड’ले बुधबार(भोली) विश्वासको मत लिने भएका छन्।यसबारे प्रधानमन्त्री कार्यालयले आइतबार संसद सचिवालयमा पत्राचार गरिसकेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।‘३० गते बुधबार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संसद सचिवालयमा पत्राचार भएको छ,’सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।आइतबारै बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकले पनि प्रधानमन्त्री प्रचण्डले बुधबार(भोली)विश्वासको मत लिने औपचारिक निर्णय गरि सकेको छ । 
‘विश्वासको मत ३० गते बुधबार(भोली) लिने नै भन्ने छ,त्यो प्रक्रियामा छ,’पदाधिकारी बैठकपछि सचिव चक्रपाणि खनालले बताए ।माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पनि बुधबार(भोली) विश्वासको मत लिने पाँचदलीय गठबन्धनमा समझदारी बनेको बताए ।कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते नेकपा(एमाले),नेकपा(एकिकृत समाजवादी),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी(जसपा)सहितको पाँचदलीय गठबन्धन बनाएका थिए। राष्ट्रिय सभा सदस्यका लागि परेको मत अनुसार प्रधानमन्त्री प्रचण्डले सहजै विश्वासको मत पाउने जानकारहरु बताउँछन् । 

सम्बन्धित समाचार