नेपाली कांग्रेसद्धारा सर्लाहीका ११ वटा नगरपालिकामा नगर प्रमुखको उम्मेदवारतय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-११ गते   ३४६ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीले ११ वटा नगरपालिकामा नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ । कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरमा बसेको बैठकले जिल्लाका ११ वटै नगरपालिकाका नगर प्रमुखको उम्मेदवार तय गरेको हो ।
 कांग्रेसबाट लालबन्दी नगरपालिकाको नगर प्रमुखमा बासुदेव अधिकारी र उप प्रमुखमा कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाको प्रमुखमा मनोज कुमार आचार्य र उप प्रमुखमा रन्जिता चौधरी, हरिवन नगरपालिकाको नगर प्रमुखमा रामप्रसाद मैनाली र उप प्रमुखमा सोनीकुमारी बोम्जनलाई उम्मेदवार बनाइएको कांग्रेस सर्लाहीका युवा नेता ठाकुर प्रुाद बख्र्रेल(मनोज)ले जानकारी दनिु भयो ।
त्यस्तै, बागमती नगरपालिकाको नगर प्रमुखमा जवाहार कुशवाहा र उप प्रमुखमा पदमा कोइराला, बरहथवा नगरपालिकाको प्रमुखमा विगु चौधरी र उप प्रमुखमा गंगा दाहाल, हरिपुर नगरपालिकाको प्रमुखमा गोपाल पंजियार र उप प्रमुखमा निलमदेवी यादव, हरिपूर्वा नगरपालिकाको प्रमुखमा विनोद कुमार साह र उप प्रमुखमा सुमित्रा देवी, कविलासी नगरपालिकाको नगर प्रमुखमा ब्रह्मदेव राय र उपप्रमुखमा पुनम कर्णलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिनु भयो ।
त्यसैगरी, गोडैता नगरपालिकाको नगर प्रमुखमा उपेन्द्र प्रसाद कुशवाहा, बलरा नगरपालिकाको प्रमुखमा कौशल सिंह र मलंगवा नगरपालिकाको प्रमुखमा नागेन्द्र यादवलाई उम्मेदवार बनाइएको छ । गोडैता, बलरा र मलंगवामा उप प्रमुख तय गर्न बाँकी रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
यस्तै, कांग्रेस सर्लाहीले जिल्लाका ९ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षहरुको उम्मेदवार टुंग्याउन बाँकी रहेको छ । त्यसका लागि छलफल जारी रहेको  कांग्रेस सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech