राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको देशभरको हिँसात्मक प्रदर्शनका साथै मानव अधिकार हन्न भए÷नभएको सम्बन्धी आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री कार्यालयमा बुझाएको आयोगकी सदस्य एवम समितीकी संयोजक लिली हजुर बस्न्यात(थापा)ले जानकारी दिईन् ।
२९ पृष्ठ लामो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित निवर्तमान प्रधानमन्त्री शुसिला कार्की,तत्कालीन गृह मन्त्री रमेश लेखक,सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सहित नेपला प्रहरीका तत्कालीन प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ,तत्कालीन प्रहरी अत्तिरित्त महानिरीक्षक दान बहादुर कार्की,नायव महानिरीक्षक ओम बिक्रम राण,वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,अतिरित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल,सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी,राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापा सहित काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत आवश्यक छानविन गरी दोषी देखिए कार्बाही गर्न सिफारिस गरेको छ ।
आयोगकी सदस्य लिली हजुर बस्न्यात(थापा)को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरि छानविन गरि तयार पारिएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का १६ जना सांसदहरु माथि पनि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ ।
भदौ २३ र २४ गते भएको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले रास्वपाका तत्कालीन सांसदहरु मनिष झा,हरि ढकाल,डा.तोसिमा कार्कीका साथै राजीव खत्री,शोमा शर्मा,केपी खनाल,दिपक बोहरा,ज्वाला संगौ्रला,हेमराज थापा,विमल पन्त,खेमराज साउद,पुरुषोत्तम यादव,अमन प्रताप अधिकारी,विवेश थपलिया,सिन बाँनिया,आशिका तामाङ,गणेश कार्की,सुलभ खरेल,कृष्ण कार्की, ,बब्लु गुप्ता,सुधन गुरुङ,रक्षा बम,असिम मान बस्नेत,भाग्य न्यौपाने,टंक दाहाल,भिक्टर पौडेल,अंकित मल्ल,उमेश बोहरा,शिव यादव,विनोद देउवा,सरु सुनुवार,भीम उपाध्याय,रवि किरण हमाल,निश्चल बस्नेत,ओम प्रकाश अर्याल,गौरी बहादुर कार्की,पशुपति खड्का,दुर्गा प्रसाई,ऊर्जा बराल,जेरी ताम्राकार,हेम सागर बिद्रोही,बृद्ध छिरिङ,सन्तोष राजावादी,अमित खनाल,दिपक देवकोटा,गौरब बराल,हिमानी राज्य लक्ष्मी सिंह,निशान मैनाली सहितलाई आवश्यक अनुसन्धान गरी कार्बाही गर्न सिफारिस गरेको छ ।
हामी नेपाल संस्थाका सुदन गुरुङ,अंकित मल्ल र खेमराज साउदका साथै सवल गौतम र पाुरुषेतम यादवले जेनजी आन्दोलन गर्नका लागि अनुमति लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।भिडलाई उक्साउने समूहलाई कारबाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।
त्यसैगरी,“भदौ २४ गते आन्दोलनकारीले संघीय संसद् भवन,सिंहदरबार र राष्ट्रपति निवास जस्ता संवेदनशील क्षेत्रमा तोडफोड र आगजनी गर्दा समेत त्यहाँ सुरक्षाका लागि खटिएको नेपाली सेनाले रोक्न कुनै प्रयास नगरेको र “मूकदर्शक”बनेको भन्दै सेनाको भूमिका शंकास्पद रहेकाले नेपाली सेनाका सेनापति अशोकराज सिग्देललाई सचेत गराउन सिफारिस भएको पाइएको छ ।मानव अधिकार उल्लंघनमा दोषी ठहर गरिएका बहालवाला अधिकारीलाई कम्तीमा छ महिना निलम्बन गर्न आयोगले सिफारिस गरेको छ ।