सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका जवाहरलाल कुशवाह घरदैलो अभियानमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुन्डागर्दी र भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी भएको कुशवाहले दाबी गरेका छन् । पछिल्लो समय राजनैतिक दलको नाममा गलत कार्य गर्ने जो सुकैलाई पनि पार्टीमा भित्र्याउने नेताहरुको चरित्र विरुद्ध निर्वाचनमा आफुले उम्मेदवारी दिएको उनले बताउँदै आएका छन् ।
पार्टीका उम्मेदवारहरुले पटक–पटक झुक्याएकाले आफुहरु स्वतन्त्रकै पक्षमा उभिने सर्लाही ३(क)का मतदाताहरुको भनाइ छ । स्थानीयले राजनीति दलका नेताहरुले पार्टी प्रवेशको नाममा जनतामा भ्रम फैलाउन खोजिएको आरोप लगाएका छन् । उनका अनुसार पार्टीका नेताहरुले जनतामा जति भ्रम फैलाए पनि निर्वाचनमा सर्लाही३(क)का जनता स्वतन्त्रको पक्षमा उभिएको उम्मेदवार कुशवाहको दाबी छ । मासु भातको भरमा,केही आर्थिक प्रलोभनको लोभमा अहिलेका मतदाता नलागेको र मतदाताहरुले यस प्रकारका कार्यमा नलागी सर्लाही ३ (क)को विकास र समृद्धिको लागि आफुलाई भोट दिने उनले कमलामाई खबरलाई बताए ।
जनताको दुःख सुखमा अहोरात्र खटिने र काम लाग्ने नेताको रुपमा कुशबाहलाई नै निर्वाचित गराउने सर्लाही ३(क)का मतदाताहरुले बताएका छन् । विगत ५ वर्षमा जनताको निम्ति ठूलाठूला भाषण गरेका नेताहरुले काम गर्न नसकेका कारण पनि आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई रोज्ने अधिकांश मतदाताहरुले बताएका छन् ।