सर्लाहीका करिब ५२ हजार किशोरीहरुलाई एचपिभी खोप लगाईने

244 Shares

सर्लाहीका करिब ५२ हजार किशोरीहरुलाई क्यान्सर विरुद्धको(एचपिभी) खोप लगाईने भएको छ । ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका १० देखि १४ वर्ष उमेर समुहका ५१ हजार सात सय २४ जना किशोरीहरुलाई क्यान्सर विरुद्धको(एचपिभी) खोप लगाईने स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए ।उनका अनुसार माघ २३ गतेदेखि २९ गते सम्म र फाल्गुन १ देखि ७ गते सम्म दुई चरणमा गरी सर्लाहीका २० वटै पालिकामा क्यान्सर विरुद्धको(एचपिभी) खोप संचालन हुने भएको छ ।
जिल्ला स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा भएको गोष्ठीमा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने अर्थात १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई क्यान्सर विरुद्धको(एचपिभी) खोप लगाईने जानकारी गराईएको हो ।
नियमित खोपसंगै सर्लाहीको लागि क्यान्सर विरुद्धको(एचपिभी) खोप संचालन हुनु गौरवको विषय रहेको जिल्ला स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहले बताए ।उनले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन क्यान्सर विरुद्धको(एचपिभी) खोप निकै महत्वपुर्ण हुने भएकाले यो अभियानलाई प्रभावकारी रुपमा संचालनका लागि स्वास्थ्यकर्मी र संचारकर्मीहरुले पनि व्यापक प्रचार प्रसार गर्न आग्रह गरे ।
स्वास्थ्य सेवा सबैको पहुँच हुने गरीे लक्षित वर्ग कोही पनि नछुटने गरी अभियान संचालन गर्न प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले निर्देशन दिए।उनले देश व्यापी संचालन हुने यो अभियानलाई सर्लाहीमा सय प्रतिश्त लक्ष्य पुरा गर्ने गरी सबैको समन्वय आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार