Close This

लालबन्दीमा नगर प्रमुखमा माओवादी र उप प्रमुखमा कांग्रेस अगाडि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३१ गते   १६४५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाकाे वडा नं. १ र २ को मतगणना जारी रहँदा नगर प्रमुखमा माओवादी केन्द्र र उप प्रमुखमा नेपाली कांग्रेसकाे अग्रता कायम छ । दुईवटा वडाकाे १९९ मत गनिसक्दा नगर प्रमुखमा माओवादी केन्द्रका प्रह्लाद कुमार बुढाथोकी र उप प्रमुख पदमा नेपाली कांग्रेसकी उप प्रमुख कल्पना  पाख्रिङले अग्रता लिनु भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीकाे गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार  बुढाथोकीले अग्रता लिएका छन् । बुढाथोकीले नगर प्रमुख पदमा वडा नं. १ बाट २० र वडा नं. २ बाट ४४ सहित ६४ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारीले वडा नं. १ बाट २८ र वडा नं. २ बाट २४ गरी ५२ मत ल्याएका छन् । यसैगरी, नेकपा एमालेबाट नगर प्रमुख पदका उम्मेदवार गोविन्द महतले वडा नं. १ मा १५ र वडा नं. २ मा २१ गरी ३६ मत ल्याएका छन् ।
लालबन्दीमा उप प्रमुखमा कांग्रेसकी कल्पना पाख्रिनले वडा नं. १ मा २७ र २ मा १९ गरी ४६ मत , एमालेकी सरसरी माया थिङले वडा नं. १ मा १४ र २ मा २१ गरी ३८ मत र माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट उप प्रमुख पदका उम्मेदवार  गोविन्द प्रसाद अधिकारीले वडा नं. १ बाट १० मत ल्याएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech