स्थानीय प्रशासनले जिल्लाका फुटपाथम कुनै प्रकारको पसल नथाप्न नियम लागू गरेपनि सर्लाही सदरमुकाम देखि लिएर ग्रामिण बजारहरुमा पनि विभिन्न स्थानमा फुटपाथ ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत पर्ने लालबन्दी, हरिवन, बागमती लगायत भित्रि सडक खण्डका सडककै दुवै तर्फ फलफुल तरकारी, लगायतका बच्चाहरुका खेलौनाहरु राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो ।
चाडपर्वको समय मानिसहरु तथा सवारीहरुको भिडाभाड अनी अपराधिक गतिविधि हुन सक्ने आशंका रहेपनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यावस्थापन गर्न समस्या हुनुको साथै दुर्घटना दिनप्रतिदिन बढी रहेको ट्राफिक प्रहरी प्रमुख दोङ्गले बताउनु भयो ।
अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सा सहित ठेला, फुटपाथ पसल सँचालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई भएको छ । स्थानीय पसले एवम् स्थानीयवासीहरुले समेत सडक छेउमैै ठेला पसल, फुटपाथ पसल सँचालन गरेपछि आफूहरुलाई पैदय यात्रा गर्न समेत कठिनाई भएको पैदल यात्री महेन्द्र महत्तोले बताउनु भयो । व्यापारीहरु लामो समयदेखिको लक डाउनका कारण मारमा परेको भन्दै चाडपर्वको खर्च जुटाउन सडकमै भएपनि आएर व्यापार गरेको व्यापारीहरुको भनाई छ ।
लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत फुटपाथ पसलेहरु, रिक्साबालाहरुले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । भने लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले व्यावस्थापनको काम भई रहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको नगर प्रमुख खड्काले बताउनु भयो । उता जिल्ला भरीका सबै बजारहरु र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धीत स्थानिय निकायहरुसंग समन्वय गरि समस्या समाधान गरिने बताउनु भयो ।