Close This

सिन्धुलीमा विमानस्थल निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-८ गते   ४०८ पटक हेरिएको

सिन्धुलीमा पनि आन्तरिक विमानस्थल  निर्माण हुने भएको छ। सिन्धुलीको भिमानमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको कमलामाई नगरपालिकाले जनाएको छ । विमानस्थल निर्माणमा लागि नीयामक निकाय नेपाल नागरिक उड्डयन प्रधाधिकरणले बजेटसमेत छुट्याएको नगरपालिकाले जनाएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वा वातावरणीय प्रभाव मूल्यांकनका लागि बजेट व्यवस्था गरेको हो ।
विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष भित्र वा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्ने गरी बजेट व्यवस्था गरिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताउनु भयो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन गरिसकेको छ ।
विस्तृत अध्ययनका आधारमा चालू आर्थिक वर्षभित्रै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्न २६ लाख रुपैयाँ बजेट विनियोजन भएको पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech