नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको छ ।बिहीबार(आज) १९ सिटका लागि भएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका १० जना निर्वाचित भएका छन् भने माओवादी केन्द्रका पाँच जना,नेकपा(एकीकृत समाजवादी)का दुई तथा जनता समाजवादी पार्टी(जसपा) र नेकपा(एमाले)का एक–एक जना निर्वाचित भएका छन् ।
बिहीबार(आज) भएको राष्ट्रिय सभाको निर्वाचनको मत परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद रहेका थिए ।जसमा चार जना फागुन २० गते बिदा हुँदैछन्।बाँकी रहेका छ जनामा बिहीबार(आज)१० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।
माओवादी केन्द्रका पाँच जना निर्वाचित भएका छन् ।माओवादी केन्द्रबाट हाल उपाध्यक्षसहित १५ जना रहेका छन् । तीन जना फागुन २० मा बिदा हुँदैछन्।थप पाँच जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।हाल सबैभन्दा ठूलो दल रहेको भएता पनि अब राष्ट्रिय सभामा एमाले तेस्रो दल बन्नेछ ।पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये नौ जना एमालेका परेका छन।जसमा निर्वाचित आठ जना हुन भने एक जना राष्ट्रपतिले मनोनीत गरेका सांसद छन्।निर्वाचित र मनोनित समेत गरी नौ सांसद घट्दा एमालेका एक सांसद मात्रै नयाँ अनुहार आएका हुन् । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलका रहनेछ ।
हाल एकीकृत समाजवादीका आठ जना छन्।दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या आठ नै रहेको छ ।जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ।बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत रहेको छ ।
राष्ट्रपतिबाट मनोनित विमला राई(पौड्याल)को कार्यकाल सकिँदैछ।यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनले तयारी थालेको छ ।यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद रहने छन् ।निर्वाचित र मनोनित समेत गरी नौ सांसद घट्दा एमालेका एक सांसद मात्रै नयाँ अनुहार आएका हुन् । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलका रहनेछ ।लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।