Close This

एक महिनादेखि धार्चुलामा रोकिएका एक हजारभन्दा बढी नेपालीलाई उनीहरुकै गाउँ पठाइदै

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २६८ पटक हेरिएको

 भारतका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई एक महिनापछि स्वदेश ल्याई बल्ल उनीहरुकै घरतर्फ पठाइदै छ ।

यसरी आ–आफ्ना घर पठाइएकामा एक हजार २ सयभन्दा बढी व्यक्ति रहेका छन् । सीमावर्ती भारतमा रही दित्तु नाकाबाट ८२६ र खलंगा नाकावाट ३८० गरी नेपाल आएका १२ सय ०६ जनालाई उनीहरुकै गाउँतर्फ पठाइएको हो । 

नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपाली बैतडी, बझाङ कैलाली डडेल्धुरा अछाम सुर्खेत जाजरकोट दैलेख डोटी र दार्चुलाका रहेका छन् ।उनीहरुलाई सिमापारी धार्चुलाको बरम, बालुवाकोट, निगलपानी र धार्चुलाको स्टेडिममा राखिएको थियो ।

चैत्र १७ गतेदेखि भारतका विभिन्न शिविरमा बसेका नेपालीलाई एक महिना बितेपछि बिहीबार दार्चुलाका दुई ओटा नाका खोलेर स्वदेश ल्याइएको महाकाली नगरपालिका मेयर हंसराज भट्टले जानकारी दिए ।सीमावर्ती भारतमा रहेका दित्तु नाकाबाट ८२६ र खलंगा नाकावाट ३८० गरी जम्मा १२ सय ०६ जना नेपाल भित्रिएका हुन् ।

खलंगा पुलघाँटबाट आएकाको महेन्द्र नमुना मावि खलंगा र खुलामञ्चमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।दत्तु पुलघाट प्रवेश गरेकाहरुको दत्तु खेलमैदानमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित जिल्लामा पठाइने छ ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech