Close This

जनप्रतिनिधिहरु कै अगुवाईमा लक डाउन कार्यान्वयन गराउन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-४ गते   ३६९ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा समुदाय स्तरमा कोरोना फैलिन थालेपछि जनप्रतिनिधिहरु सहित स्थानिय व्यापारी,व्यावसायी तथा प्रहरी प्रशासन मिलेर लक डाउनको कार्यान्वयन गराउने काम सुरु भएको छ । लक डाउनको प्रवाह नभएको लालबन्दी बजारमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपानेको नेतृत्वमा बजार बन्द गराउँदै लक डाउनको कार्यन्वयन गराउने काम सुरु भएको हो ।


लक डाउनको समयमा पनि व्यापारी व्यावसायीहरुले लक डाउनलाई वेवास्था गरि आफने व्यापार व्यावसाय गरी रहेका तथा तरकारी बजारहरु निर्वाध रुपमा सञ्चालन रहेको भन्दै विभिन्न स्थानबाट गुनासो आउन थालेपछि जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको हो ।
लामो समय सम्म सुरक्षित रहेको लालबन्दीमा अहिले जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरु,व्यापारी व्यावसायीहरु तथा बैँक तथा वित्तिय संस्थाका कर्माचारीहरुमा कोरोना संक्रमण देखिएको छ । प्राप्त विवरण अनुसार लालबन्दीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनु भयो ।
लक डाउनको विकल्प नभएको भन्दै अब पुर्ण रुपमा नगर भित्रका बजारहरुमा लक डाउन कार्यान्वयन गराउने लक्ष्य अनुरुप जनप्रतिनिधिहरु सहित स्थानिय व्यापारी,व्यावसायीहरु तथा प्रहरी प्रशासन मिलेर बजार बन्द गराएका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech