Close This

सिमामा सुरक्षा सतर्कताका बीच पनि अवैध क्रियाकलाप जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-४ गते   ३०१ पटक हेरिएको

भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दुरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
जसमा १६ वटा बेश क्याम्प,८२ वटा डिउटी पोष्ट बोर्डरमा करिब ८० देखि १०० मिटरको दुरीमा ५ सय जना सशस्त्र प्रहरीलाई डिउटीमा खटाईएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैधरूपमा नेपाल प्रवेश  नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, डिउटी पोष्ट र बेश क्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले बताउनु भयो ।
सिमानाका खुल्ला रहेका र पछिल्लो क्रममा भारतमा कोरोना संक्रमितको संख्या बढेका कारण सिमा क्षेत्रमा थप सर्तकता अपनाईएको भएपनि अपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३.५ किलोमिटर दुरीमा करिब ५ सय जना जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भएपनि खुल्ला सिमानाका कारण लुकिछिपी नेपालमा लागु औषध तथा हातहतियार भित्रने क्रम निरन्तर रहेको छ । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका जिल्लाका अधिकांश स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । 
तर पनि नत हात हतिायर खरखजना ओसार पसारमा कुनै कमि आएको नत लागु औषध नै ओसार पसारमा कमि आएको छ । हरेक दिन एक न एक जना किसानको भेष धारण समेत गरेर खुल्ला सिमानाको प्रयोग गरि नेपालमा गैर कानुनी क्रियाकलाप गरि रहेका छन ।
जसको पछिल्लो उद्धाहरण हो ।  विष्णु गाउँपालिका–४ बाट एक भारतीय नागरीक र एक नेपाली नागरीकलाई हतियारसहित नेपाल प्रवेश गर्दा पक्राउ परेका छन् । बंगैचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
पक्राउ परेका उनिहरुको साथबाट  एक थान कटुवा पेस्तोल र एक थान चाईनिज पेस्तोल त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसजारी रहेको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको दाबी सशस्त्र प्रहरीको गरेको भए पनि उनीहरूको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा नेपालमा गैर कानूनी कार्य त भएको नै छ । पछिल्लो क्रममा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ । 
त्यस्तै भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम पनि थप बढेको छ । विगत २ दिनमा मात्रै भारतबाट जिल्ला प्रवेश गर्ने मानिसहरुको संख्या करिब ५० जना पुगेको प्रहरीले जनाएको छ । रातको समयमा खेतको बाटो प्रयोग गरेर भागेर जिल्ला प्रवेश गर्ने क्रम बढेपछि जिल्लामा संक्रमणको खतरा झन बढेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो । भारतबाट भागी लुकिछिपी नेपाल आउनेहरुलाई सके सम्म क्वारेन्टाईनमा राख्ने गरिएको प्रजिअ जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech