जिल्ला अस्पताल सर्लाहीमा अतिआवश्यक सेवा बाहेकका अरु सबै सेवा बिहीबारबाट बन्द गरिएको छ । सर्लाही अस्पतालमा कार्यरत चिकित्सक,स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु गरी ५ जनामा कोरोना भाईरस(कोभिड १९) संक्रमण देखिएपछि अस्पतालले यस्तो निर्णय गरेको हो ।
बिहीबारदेखि अस्पतालबाट प्रदान गरिने अतिआवश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु बन्द गरिएको अस्पताल स्रोतले बताएको छ । अतिआवश्यक सेवा बाहेक अरु सबै सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाको उच्च जोखिममा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले अति आवश्यक उपचार सेवा बाहेकका अरु सबै उपचार सेवा बन्द गरिएको डाक्टर रबी साहले जानकारी दिनु भयो ।
पछिल्लो क्रममा जिल्लामा समुदाय स्तरमा नै कोरोना देखिन थालेपछि सबै स्थानिय निकायहरु प्नि त्यसको व्यावस्थापनमा लागेका छन ।