प्रदेश सभा सदस्य एवम नेकपा(एकिकृत समाजवादी)का नेता डिल्ली प्रसाद उप्रेतीले ट्रष्टको नाममा रु २० लाख सहयोग गर्नु भएको छ । उहाँले जनप्रतिनिधि भएयता अहिले सम्म राज्यबाट प्राप्त सुविधा वापतको सम्पूर्ण रकम ट्रष्टको नाममा जम्मा गरी दिनु भएको हो ।
शैक्षिक क्षेत्रको सुधार तथा दिन दुःखीको सेवामा खर्च गर्ने घोषणाा गर्दै प्रदेश सभा सदस्य उप्रेतीले रु २० लाखको चेक एकिकृत समाजवादी हरिवन नगर कमिटि अध्यक्ष चुडामणि वाग्ले मार्फत ट्रष्टलाई हस्तान्तरण गरिदिनु भएको एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो ।
उहाँका अनुसार प्रदेश सभा सदस्य उप्रेतीले आफू जनप्रतिनिधि भएयता राज्यबाट पाएको सेवासुविधा वापतको सम्पूर्ण रकम ट्रष्टको नाममा जम्मा गर्ने घोषणा गर्नु भएको थियो ।रु २० लाखको चेक नगर कमिटि अध्यक्ष वाग्लेले ट्रष्टलाई हस्तान्तरण गर्नु भएको छ । नगर कमिटि अध्यक्ष वाग्लेका अनुसार अरु १२÷१३ लाख थप सहयोग गर्ने प्रदेश सभा सदस्य उप्रेतीले प्रतिवद्धता जनाउनु भएको छ ।
प्रदेश सा सदस्य उप्रेती २०४९ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो पटक तत्कालीन हरिवन गाविस उपाध्यक्ष र २०५४ सालमा गाविस अध्यक्ष निर्वाचित हुनु भएको थियो ।
२०७४ सालको निर्वाचनमा नेकपा(एमाले)बाट सर्लाही क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका नेता उप्रेती केपी शर्मा ओलीको कदमबाट रुष्ट भई माधव कुमार नेपाल पक्षमा लाग्नु भएको थियो ।