Close This

सर्लाहीमा १ जनामा कोरोना संक्रमण भएको पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-११ गते   ३८६ पटक हेरिएको

सर्लाहीमा पनि एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।सर्लाहीको धनकौल गाउँपालिकामा राखिएका सोही ठाउँका १४ वर्षिय बालकमा कोरोना भाइरसको संक्रमण भएको काठमाडौं स्थित टेकु अस्पतालले पुष्टि गरेको छ ।
     केही दिन अगाडी उनको आरडिटी टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि निजको थप जाँच गर्न जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएको थियो। दोस्रो पटक पिसिआर टेष्ट को रिपोर्ट नेगेटिभ आएको थियो । तर पुनः तेस्रो पटक टेकु अस्पतालमा  परिक्षण गर्दा बालकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेको छ ।कोरोना भाईरस लागेको थाहा भएपछि उक्त स्थानलाई शिल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।
     कोरोना पोजेटिभ देखिएका बालक गएको चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी पाएपछि सुरक्षाकर्मीले  ती बालकलाई  घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech