Close This

सर्लाहीका होटल व्यवसायीलाई अतिथि सत्कार तालिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२७ गते   १६६ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा होटल व्यवस्थापन तथा अतिथि सत्कार सम्वन्धि तालिम प्रदान गरिएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा जिल्लाभरीका होटल संचालकहरुलाई होटल व्यवस्थापन तथा अतिथि सत्कार सम्वन्धि तालिम प्रदान गरिएको हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजना, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान शाखा कार्यालय बर्दिवास (नाथम कलेज) को समन्वय र होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको सहकार्यमा जिल्लाका होटल व्यवसायीहरुलाई होटल के हो ? होटलको व्यवस्थापन कसरी गर्ने ? अतिथिहरुलाई सत्कार कसरी गर्ने ? लगायतका विषयमा तालिम प्रदान गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाअध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष सापकोटाको प्रमुख आतिथ्यता तथा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हीराकाजी योन्जनको अध्यक्षतामा आयोजित तालिममा ४० जना होटल संचालक तथा व्यवस्थापकको सहभागीता रहेको आयोजकले जनाएको छ ।तालिममा सहभागी होटल संचालक तथा व्यवस्थापकहरुलाई नाथम कलेजबाट आएका सतिश मिश्र र निरज सुवेदीले तालिम प्रदान गरेका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech