नेकपा(माओवादी केन्द्र)को“जनतासँग माओवादी तराई मधेश जागरण”हुलाकी राजमार्ग केन्द्रित अभियान पुन सुरु भएको छ।फागुन २४ गते रौतहट पुगेर अचानक रोकिएको अभियान पुन सुरु भएको माओवादी केन्द्रका प्रवक्ता एवम उपा अध्यक्ष अग्नी प्रसाद सापकोटाले जानकारी दिए । उनकाअनुसार फागुन १२ गते झापादेखि कञ्चनपुरसम्म एक हजार आठ सय ४० किलोमिटर भन्दा लामो “ननस्टप”यात्रा गर्ने तयारी गरेको माओवादी केन्द्रले उपलब्ध पदाधिकारीहरुको बैठक बसेर रौतहटमा पुगेको अभियान स्थगित गर्ने निर्णय गरेको थियो ।
स्थगित भएको अभियान बिहीबार बिहानदेखि बाराबाट सुरु हुँदै छ। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लगायतका वरिष्ठ नेताहरू फेरी हुलाकी राजमार्ग केन्द्रीत भएका छन्।संसद्मा प्रमुख प्रतिपक्षको भूमिका बढाउने,स्ववियु निर्वाचनमा केन्द्रित हुने तथा संघीयता र गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भन्दै अभियान स्थगित भएको माओवादी केन्द्रका उप महा सचिव एवम मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले जानकारी दिए ।उनकाअनुसार धपेडीका कारण नेताहरुको थकान,अभियानमा स्थानीयको उपस्थिति घट्दै जानु र माओवादी केन्द्रको अभियान हुने जिल्लामा राजावादीहरूको हुने सम्भावित प्रर्दशनका कारण पनि तराई–मधेश केन्द्रित अभियान स्थगित भएको हो ।
त्यस लगतै काठमाण्डौँ फर्किएका माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले फागुन २७ मासंसद्मा विशेष समय लिएर नेपाली कांग्रेस र नेकपा(एमाले)गठबन्धन सरकारको चर्को आलोचना गर्नुका साथै राजावादीहरू सल्बाउनुको मुख्य कारण सरकार जिम्मेवार भएको आरोप समेत लगाए।उनले आफ्नो तराई–मधेश जागरण अभियानमा सरकारले जनसेवाका कारण राम्रो गर्न नसक्दा चरम असन्तुष्टि भएको भन्दै सरकारले “बिचौलिया”ले चलाएको आरोप समेत लगाए ।
संसद्मा सम्बोधन गरेपछि माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड केही दिन आराम गरेपछि मधेश झरेका छन्। माओवादी केन्द्रले अब हुने अभियानको ढाँचा परिवर्तन गरेको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बिहानैदेखि बेलुकासम्म घरदैलो र सभामा केन्द्रित हुन्थे भने अब बिहानी हिडाइँमा अन्तरक्रिया र स्थानीय जनप्रतिनिधि,व्यवसायीहरुसँग अन्तरक्रिया र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
“अब अलि गुणात्मक ढंगले कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ।यसअघिको अभियानमा माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड सबभन्दा बढी खट्दा समय धेरै खर्च भएको थियो।अबचाहिँ सबै नेता ठाउँ–ठाउँ केन्द्रित हुने कार्यक्रम छ।”माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए।उनका अनुसार मधेशको बारा र पर्सा सकेर बागमतीको चितवनमा अभियान चितवन आएर केही दिनका लागि रोक्ने तयारी छ।अभियान रोकेर माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड सहित शीर्ष नेताहरू राजधानी फर्केर संसद् र अरु कार्यक्रममा केन्द्रित हुने कार्यक्रम तय गरिएको छ।“जागरण अभियान र संसद्लाई उत्तिकै प्राथमिकतामा राखेर कार्यक्रम गर्ने सल्लाह भएको छ ।”महासचिव गुरुङले बताए ।