मेनुका कुमारी पौडेल
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको अर्काे भवन निर्माण हुने भएको छ । संघीय सरकार मातहत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीकोे ६ कोठे अर्काे भवन निर्माण हुने भएको हो ।
कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र काठमाण्डौँको रु ५० लाख ७७ हजार तीन सय ६९ रुपैँया ७७ पैसामा निर्माण हुने ६ कोठे भवनको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बुधबार सिलान्यास गरेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७९÷०८० को असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माण गर्ने भएको समितिका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिए । उनका अनुसार कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दी संघ सरकार मातहत रहेको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दी सहित देशभरका ११ वटा बजारहरु संघ सरकार मातहत रहेका समितिले जनाएको छ ।