सर्लाहीको हरिवनमा स्थापना गरिएको विद्युतीय सवारी साधनको“चार्जिङ स्टेसन”विगत करिब दुई महिनादेखि बिग्रिदा यातायात व्यावसायीहरु मारमा परेका छन्।सन् २०३० सम्ममा पेट्रोलबाट चल्ने सवारी साधनहरुलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति सहित सन् २०२५ सम्ममा नीजि विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले सुरु गरेको अभियान अन्र्तगत स्थापना गरिएको विद्युतीय सवारी साधनको“चार्जिङ स्टेसन”विगत करिब दुई महिनादेखि बिग्रिदा यातायात व्यावसायीहरु मारमा परेका हुन ।
“रौतहटको चपुर रहेको विद्युतीय सवारी साधन“चार्जिङ स्टेसन”पनि विग्रिएर थन्किएको रहेछ,हरिवनमा त चार्ज गर्न पाईन्छ भनेर आएको यहाँपनि बिग्रिएको रहेछ।अब बर्दिवास पुग्न्छि की पुगिन्न थाहा छैन् ।”विद्युतीय सवारी साधन प्रयोगकर्ता यतिराज अधिकारीले गुनासो गरे ।
उनले आफ्नो दैनिकी कामकाज सहज र सस्तो होस् भनेर विद्युतीय सवारी साधन लिएको भएपनि अहिले यो सवारी साधन निल्नु न ओकल्नु जस्तै भएको बताउनु भयो।वृद्धवृद्धा तथा बालबच्चासहित आउने सेवाग्राहीहरूलाई तराईको उखरमाउलो गर्मीमा गाडी चार्ज गर्न घन्टौं कुरेर बसेर चार्ज गन नपाउँदा सास्ती हुने गरेको”विद्युतीय सवारी साधन प्रयोगकर्ता विमल घिसिङले गुनासो गरे ।
चार्जिङ स्टेसनमा चार्ज गर्ने मेसिन बिग्रँदा करिब दुई महिना देखि गाडी राम्रोसँग चार्ज गर्न नपाएको विद्युतीय सवारी साधन प्रयोगकर्ता इश्वर महतले गुनासो गरे ।उनले आजभोलि चार्ज गर्ने उद्देश्यले गाडी लिएर स्टेसनमा आउने र घन्टौं कुरेर निराश भएर घर फर्किने दिनचर्या बनेको सुनाए ।
हरिवन नगरपालिका ११ स्थित खसि बजार नजिकै विद्युतीय सवारी साधनको“चार्जिङ स्टेसन”सञ्चालनमा आएको एक वर्ष नबित्दै बिग्रिएको हो।चार्जिङ स्टेसनमा“जीबीटी”र “सीसीएस”गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको भएपनि अहिले“जीबीटी” मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा“सीसीएस”मेसिनबाट साना गाडी चार्ज गर्न मिल्छ। तर हरिवनमा राखिएका दुई वटै चार्जिङ स्टेसन बिग्रिएर समस्या उत्पन्न भएको छ।एउटा बीटीएको चार्जर बिग्रिएर करिब २० दिनपछि बनेको तर पनि चार्ज राम्रोसँग नहुने समस्या त थियो नै अहिले सिसिएस टुएको चार्जर पनि बिग्रिएको छ ।
सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै मर्मत सम्भार गर्ने कुरामा ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो छ ।चार्जिङ स्टेसनमा सधैंजसो समस्या आइरहने भएकाले अहिले सार्वजनिक सवारी साधनहरू आउन छाडेका छन्।चार्जिङ स्टेसनमा कुनै समस्या आएको खण्डमा सम्पर्क गर्न भनेर सम्बन्धित व्यक्तिको मोबाइल नम्बर राखिदिएको छ तर उक्त नम्बर नउठ्ने र नलाग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
“चार्जिङ स्टेसन बिग्रिएपछि बालबच्चा बोकेका यात्रुहरू अलपत्र परेका र विद्युतीय सवारी साधनहरुले चार्ज गर्न नपाएको व्यापक गुनासो आएपछि म आफैँले गएर फिल्डमा हेरेर आवश्यक सामान मगाएको छु।”नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख सागर मणी ज्ञवालीले बताए ।
सयौँ सेवाग्राहीहरू चार्जिङ स्टेसनबाट चार्ज होला अनि आफ्नो गन्तव्यमा जान पाइएला भनेर स्टेसनमै कुरेर बसेका भेटिए।चर्को गर्मीमा बालबच्चा लिएर बिग्रिएको चार्जिङ स्टेसन बनि पो हाल्छ कि भनेर बिहानैदेखि सेवाग्राहीहरू बसेका पाइयो र डाईरेक्ट जोडेर हायस उइङ्गरहरुको लागि चार्ज गर्न मिल्ने बनाएको भएपनि त्यो प्रभावकारी भएको छैन्।नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख ज्ञवालीले बताए ।
समस्या हरिवनको मात्र होइन चितवनको रौतहटको चन्द्रननगाहपुरमा रहेको चार्जिङ स्टेसन पनि बिग्रिएको लामो समय हुँदा समेत मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भएका प्राधिकरणले जनाएको छ ।
छोटो समयमा नै चार्जिङ स्टेसनहरूको अवस्था नाजुक बन्दै गएको छ।यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर प्रश्न खडा गरेको जानकारहरुको भनाई छ।कहिले स्टेसनहरूमा शौचालयको समस्या हुन्छ त कहिले चार्ज नै नहुने समस्या छ। प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको मापदण्ड पालना र दीर्घकालीन योजना बिनै झारो टार्ने काम गरिरहेको जानकारहरुको भनाई छ ।